मधेशको बिकाश केन्द्रित अभियान फेरि अघि बढाउने -उपाध्यक्ष ईश्वर पोखरेल

बारा, चैत- १९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारको पालामा अघि बढाइएको मधेशको बिकाश केन्द्रित अभियान फेरि अघि बढाउने उदघोष गर्नुभएको छ ।आजबाट सुरु भएको नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनको उदघाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो उदघोष गर्नुभएको हो ।

उहाँले पछिल्लो समिकरणमा एमालेबाट मधेश प्रदेशमा तीन मन्त्री रहेका कारण अब मधेश प्रदेशको बिकाश अभियान पहिला जसरी नै अघि बढाउने बताउनु भयो । ‘एमालेका मन्त्रीहरुले केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भएको मधेशको बिकाश केन्द्रित अभियानलाई फेरि अगाडि बढाउने छन,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

उहाँले मधेशबाट कृषि, भौतिक पूर्वाधार र रक्षामन्त्री भएको हुदाँ यहाँका जनताले कृषिमा भोग्दै आएको मल, बिउ बिजनको अन्त्य गर्ने र मल अभावलाई न्युनिकरणका निम्ति काम अघि बढाउने बताउनु भयो । उहाँले मल कारखना निर्माण गरिने तथा भौतिक पूर्वाधार निमार्ण कार्य तिब्र रुपमा अगाडि बढाइने जानकारी पनि दिनुभयो । रक्षा मन्त्रालय अन्तरगत रहेको काठमाडौं तराई फास्ट ट्रयाकमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्त्य गर्दै समयमै सम्पन्न गर्ने गरी काम अघि बढाइएको जानकारीसमेत उहाँले दिनुभयो ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा मधेशले विकासको गति लिएको तथ्यसमेत राख्नुभयो । मधेसी दलले २० वर्षबाट गीत बनाउदै आएको हुलाकी राजमार्ग निमार्णका निम्ती ओली सरकारको बेलामा २० अर्व रकम लगानी गरेर मधेशको मुहार परिर्वतन गरिएको पोखरेलको भनाई थियो ।

उहाँले एमाले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी दिँदै आगामी निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने बताउनु भयो । फरक प्रसंगमा पोखरेलले पालिकादेखि केन्द्रको राजनितीमा ४० प्रतिशत यूवा समेटेर एमाले अगाडि बढने जानकारी दिनुभयो ।

यूवालाई नेतृत्वामा लैजान एमालेले तल्लो तहबाटै वातावरण बनाइरहेको र त्यसको उदाहरण आगामी बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा ३२ बर्षीय युवा सुहाङ नेम्वाङलाई अघि सारिएको बताउनु भयो । यूवालाई नेतृत्व दिन एमालेले सुरुवात गरिसकेको भन्दै उहाँले अव यो अभियानकै रुपमा अघि बढने जानकारी दिनुभयो । एमालेभित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका यूवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको पनि उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.