प्रतिनिधी चयन २१ र २२ गते गरिने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अधिवेशनका लागी प्रतिनिधी चयन वैशाख २१ र २२ गते हुने भएको छ । नेकपा एमाले तनहुँको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा वसेको सचिवालय वैठकले बैशाख २८ र २९ गते हुने १० औ अधिवशेनका लागी प्रतिनिधी चयन गर्नका लागी मिती तोकेको हो । जसमा भुगोलमा बैशाख २२ गते र अन्य जनवर्गिय संगठनको प्रतिनिधी चयन बैशाख २१ गते हुनेछ ।
प्रतिनिधी चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ (१ जना वडावाट सुनिश्चित हुने गरि) गरिनेछ भने ५० प्रतिशत थप हुदाँ +१ प्रतिनिधी थपिनेछ । एवं रितले सोही वमोजिम सदस्य थप हुदै जादा प्रतिनिधीको व्यवस्था ३ हुदाँ महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्ष मुनिका), ६ हुदाँ महिला, ७ हुदाँ युवा महिला, ८ भए पुरुष ९ हुदाँ महिला, १० भए युवा, ११ हुदाँ पुरुष, १२ हुदाँ महिला, १३ हुदाँ पुरुष, १४ युवा महिला को प्रतिनिधीत्व हुनुपर्नेछ ।
त्यस्तै अधिवेशनमा जनवर्गिय संगठनहरु अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत,खेलकुद महासंघ, प्रेस चौतारी, जनसास्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल ईन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, ईत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशन को प्रतिनिधीहरु पनि सहभागी हुनेछन् ।
अधिवेशनका लागी आयोजक १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, मुक्ति समाजवाट ४४ जना, पालिकावाट १५ र भुगोलवाट ३३० गरि कुल ५६० प्रतिनिधी रहने एमालेले जनाएको छ ।
कुल ७१०६ जना संगठित सदस्य रहेको जिल्ला अधिवेशनको उद्घाटन केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।








