तिर्थेखोला हात्तीखोर खानेपानीको उद्घाटन भएको छ । उपभोक्ता समितीका अध्यक्ष कृष्णराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सासंद आशा कोईरालाले खानेपानीको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, वडाअध्यक्ष मणिभद्र वाग्ले, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपाने को उपस्थिती रहेको थियो ।

गाउँपालिकाका १० लाख पच्चिस हजार गण्डकी प्रदेशको ८ लाख रुपैयामा निर्माण भएको खानेपानी टंकीको निर्माण पाश्चात उपभोक्ताले खानेपानीको सुविधा पाएको पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताए ।
कार्यक्रममा विशिष्ट अतिथी म्याग्दे गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खानेपानी जस्तो विषय सरकारको न्युनतम कार्यक्रम भएको हुदाँ गाँउपालिकाले जनताको सेवा र सुविधाका लागी हरदम सहयोग गर्न तैयार रहेको वताउनुभयो । तमाम जनताका आवश्कता विस्तारै पुरा हुने र यसका लागी उपभोक्ता समिती नै चनाखो हुनुपर्ने वताउनुभयो । गाँउपालिका अन्र्तगत रहेको उत्तरपट्टि रहेको मोटरमार्ग विस्तारको लागी आफुले पहल गरेको तर स्थानिय वासिन्दा अग्रसर नहुँदा रकम फ्रिज भएको समेत वताए ।
यसैगरि प्रमुख अतिथी आशा कोईरालाले जनताको समस्यामा आफु सधै लागिपरेको वताउनुभयो । जनताप्रति उत्तरदायी रहनु आफनो कर्तव्य भएको र कर्तव्य वहन गरेको वताउनुभयो । जनताको आशा र विश्वासले जनप्रतिनिधी भएको र भोलिको दिनमा पनि जनताको काममा लागिपर्ने वताउनुभयो । जनताको जुन विश्वास र भरोशा रहयो, भोलिका दिनमा पनि रहनेछ भन्ने विश्वास लिएको छु, सासंद कोईरालाले वताए । प्रदेश सासंद रहेर आफुले पदिय जिम्मेवारी वहन गरेको समेत दावी गर्नुभयो ।
ठुलोचौर टोलमा रहेका ४२ घरधुरीमा रहेका ३५० जना व्यक्तिहरुले खानेपानीको प्रत्यक्ष लाभ लिएको संस्थाका सचिव विकास राज खनालले वताउनुभयो ।








