चापाघाट टोल विकास समितीद्धारा सरसफाई- सरसफाई पहिलो आवश्यकताः वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल

व्यास–५, चापाघाट

नजिकिदै गरेको नेपालीहरुको महान चाड विजयादशमी तथा शुभदीपावलीको अवसर पारेर सरसफाई अभियान शुरु गरिएको छ । चापाघाट टोल विकास समितीको अध्यक्ष नर वहादुर थापाको नेतृत्वमा व्यास ५ को चापाघाट वरपर सरसफाई गरिएको हो ।


विशेष गरेर चाडपर्वको सम्मुखमा सरसफाई गरेर चाडपर्वलाई स्वागत गरिने विगत देखिको श्रृखला भएको अध्यक्ष थापाले वताए । सरसफाई कार्यक्रममा व्यास–५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल लगायत स्थानिय वासिन्दको उपस्थिती रहेको थियो । सरसफाई वडा भित्रको कार्यक्रम हो, यो सरसफाई अभियान वडाको हरेक टोलमा चल्नेछ । मान्छे स्वस्थ्य रहन न्युनतम घर आँगन र टोल सफाई हुनैपर्दछ, वडाध्यक्ष श्रेष्ठले वताउनुभयो ।


शिक्षा कार्यलय जाने चोक देखि पुलको मुखसम्मको एरियामा सरसफाई गरिएको स्थानिय अगुवा मानध्वज थापाले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.