जनताको विश्वास गुम्न दिने छैन । केदार सिग्देल (तस्विरहरु समेत)

प्रतिनिधीसभाको निवर्तमान सासंद तथा तनहुँ क्षेत्र नं २(ख) का उम्मेदवार केदार सिग्देलले जनताको विश्वास नदिने वताउनुभएको छ । संघिय सासंद भएर जनताले जुन विश्वास गर्नुभएको थियो, त्यो विश्वास गुमाएको छैन । यसैपनि संघिय सासंदको भुमिका भनेको निति निर्माण गर्ने भएकोले सो भुमिका आफुले कुशलता पुर्वक समेत निर्वाह गरेको सिग्देलले वताउनुभयो ।


मेरो जीवन नै राजनिती र परिवर्तनका लागी व्यतित गरेको छु । संघिय सासंद भएर जुन जनताले विश्वास गर्नुभएको थियो, त्यो गुमाएको छैन र गुम्न पनि दिने छैन । संघिय सासंदले खेल्नुपर्ने निति निर्माण वाहेक विकास निर्माणमा सक्दो भुमिका खेलेको छु जुन जनताको अगाडी छर्लङ्ग नै छ, सिग्देलले भने । सधै जनताको साथमा रहने र विकास निर्माणमा क्रियाशिल रहनेछु । जनताको जीवनस्तर र विकास निर्माण नै मेरो पहिलो प्राथमिकता रहनेछ, विकास निर्माणमा शुसासन र पारदर्शिता नै महत्वपुर्ण पक्ष हो । चुनावी अभियानमा जनतासँगको भेटघाटको कार्यक्रममा तनहुँ क्षेत्र नं २ (२) का उम्मेदवार केदार सिग्देलले सो कुरा वताउनुभएको हो ।


पार्टीले अहिले आएर प्रदेशमा चुनाव लड्न पठाएको छ । अव जनसमुदायले पुन विगतको कामको समिक्षा गर्नुपर्दछ । यसका लागी म आफु योग्य छु । आशा छ जनसमुदायले अवश्य पनि विश्वासको मत दिनुहुनेछ र जनताको सेवा गर्न अवसर दिनुहुनेछ, सिग्देलले वताउनुभयो । हिजो विकास निर्माण देखि परिवर्तनका लागी खेलेको मेरो भुमिका नै मेरो जितको आधार हो, जनता नै मुल परिवर्तनका खम्वा हुन्, जनतासँगै सधै हातेमालो गरेर अगाडी वढ्नु मेरो चाहना हो, सिग्देलले वताए ।


जनता भेटघाटका क्रममा सिग्देलले भीमाद, घिरिङ, रिसिङका विभिन्न वडामा जनतासँग अन्तरक्रिया र साक्षात्कार गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.