दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा आयोजित पाँच दिने कृषि तालिम बिहिबार सम्पन्न भएको छ । दोर्दी कृषि शाखाद्धारा तरकारी र फलफुल नर्सरी तथा फलफुल बगैँचा ब्यबस्थापन सम्बन्धि पाँच दिने यस तालिम सम्पन्न भएको हो । यस समापन तालिमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले तालिममा सिकेको सिप ज्ञान व्यवहारमा उतार्दै सफल व्यवसायिक कृषक बन्नुपर्नेमा जोड दिनुभयो ।
दोर्दी पालिकाभित्र प्रशस्त उत्पादन भएमा ठाउँठाउँमा संकलन केन्द्र संचालन गर्दै बजारको ग्यारेन्टी गर्ने बताउनुभयो । यस तालीम पश्चात् सबैलाइ हाते पुस्तिका र कृषि साम्रगी निशुल्क बितरण गरिएको थियो । तालिम अवधिभर नर्सरी ब्यबस्थापन ,गोलभेँडा ,काउली, बन्दा ,आलु भेडेखुर्सानी खेती प्रबिधी, फलफुल बगैँचा ब्यवस्थापन, माटोको नमुना संकलन ,तरकारी खेतिमा ब्यवसायिक सोच, माटो निर्मलिकरण ,जैबिक झोलमल निर्माण, तरकारी तथा फलफुलका रोगकिरा पहिचान तथा ब्यबस्थापन लगायतका बारेमा प्रशिक्षण तथा जानकारी गराइएको थियो ।
उक्त तालिममा सहभागि ३० जनालाई कृषि शाखा प्रमुख बेन्जु अधिकारी, प्राविधिक निराजन पौडेल र नरहरी घिमिरे लगयातले प्रशिक्षण गराउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकिय अधिकृत शम्सेर गुरुङ र लाल माया मिजार लगायतको सहभागिता रहेको थियो ।








