पुरुसोत्तम मास अखण्ड दिप एवं हरिनाम संकृतन महायज्ञमा भक्तजनहरुको भिड

व्यास नगरापलिका वडा नम्बर ११ पोल्याङटार सेरामा रहेको मनकामना आश्रममा सञ्चालित एक महिने पुरुसोत्तम मास अखण्ड दिप एवं हरिनाम संकृतन महायज्ञ महोत्सवमा आउने भक्तजनहरुको भिड लाग्ने गरेको छ ।  मानिसहरुमा हिन्दु धर्मको प्रचारप्रसार गर्ने तथा सनातन धर्म संस्कृतिको संरक्षण गर्नुका साथै पुरुसोत्तम मासको महत्व उजागर गर्ने उदेश्यले आयोजीत उक्त कार्यक्रममा अखण्ड दिप एवं हरिनाम संकृतनमा विभिन्न मठ मन्दिर आमा समुह तथा अन्य संघ संस्थाहरुबाट भक्तजनहरुको आउने क्रम जारी रहेको मनकामना आश्रमले जनाएको छ ।

मनकामना आश्रम संरक्षण समितिका अध्यक्ष राजन अधिकारी पुरुसोत्तममासको महिमा उजागर गर्नुका साथै हिन्दु धर्मबाट विचलित भएका भक्तजनहरुलाई एकाकार गर्दै सनातन हिन्दु धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । हालसम्म उक्त महायज्ञमा २५ सयभन्दा बढी भक्तजनहरु आइसकेका र आउने क्रम जारी रहेको समितिले जनाएको छ ।

उक्त महायज्ञमा गुरुहरु ठाकुरप्रसाद वराल, सरोज सिग्देल, झलनाथ शर्मा, व्यास अन्न क्षेत्रका सहायक संरक्षक गोविन्द बाबा, राजन गुरु लगायतकाले प्रवचन गरेका छन् । उक्त यज्ञमा जनकल्याण प्रतिष्ठान नेपालका प्रमुख प्रशिक्षक रितु लामा, विश्व हिन्दु महासंघ नेपालका गायत्री गुरु ठाकुर प्रसाद बराल, महासंघ कास्कीका कोषाध्यक्ष डाक्टर सुरजबाबु पौडेल, सरोज सिग्देल, दुम्दुमेश्वरी शिव मन्दिर संरक्षण समिति व्यास १०, नागपधेरी आमा समुह व्यास ५, पोल्याङ कोपिला आमा समुह व्यास  ११, मगर आमा समुह, सिर्जनशिल आमा समुह व्यास ५, कल्याणकारी आमा समुह, तल्लो पोल्याङ आमा समुह, वेदव्यास ज्येष्ठ नागरिक भजनकृतन समुह, राधामाधव समिति नेपाल दमौलीधाम, रातामाटा टोल विकास संस्था लगायतकाको उल्लेख्य उपस्थिति रहेको समितिले जनाएको छ ।

उक्त महायज्ञमा दैनिक भजन कृतन एवं कथाबाचन, अखण्ड दिप प्रज्वलन एवं संकल्पबाचन, स्वतिबाचन हुने गरेको आश्रमले जनाएका छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.