वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान प्रतिष्ठानको आयोजनामा व्यास १ गल्वुवेशीमा रहेको पवित्र शिव मन्दिरमा विशेष होमन तथा शिवमन्दिर सरोकारवालाहरुसंगको सयुक्त भेला वुधवार सम्पन्न भएको छ । मन्दिरले चर्चेको झण्डै ८ रोपनी भन्दा बढी जग्गामा मन्दिरको स्तरोन्नती प्रतिष्ठानले गर्ने भएको छ ।

यस मन्दिरको शिरमा रहेको सालघारीको व्यवस्थापन गरी १०८ फुटको त्रिशुल निर्माण गर्ने, बास्तु शास्त्र अनुसन्धान मन्दिरको व्यवस्थापन गर्ने मन्दिर परिसरमा शनि भगवानको मूर्ति स्थापना, गौशाला निर्माण लगायतका काम प्रतिष्ठानले गर्ने भएको छ । दितिय व्यास तथा ध्यानचार्य सदगुरु खेमराज गुरुले १०८ फुटको त्रिशुल शनि भगवानको मूर्ति तथा १०८ धारा सहितको पशुपतीको निर्माण गरिने बताए । शिव मन्दिर संरक्षण समितिका अध्यक्ष दुर्गाभक्त अधिकारी शनिको मूर्ति १०८ फिटको त्रिशुल मर्मत गर्न तथा मन्दिरको जिर्णोद्धार गर्नका लागि वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानलाई प्रदान गरिएको बताए ।

प्रतिष्ठानका प्रवक्ता गुरु कल्याण सुदिप काफ्लेले पुरुसोत्तम मासको अवसरमा सुरुका दीन देखि नै मन्त्र ध्यान जप गरिएको उल्लेख गर्दै साधक साधिकाहरुलाई विभिन्न मुद्रा र मन्त्रद्धारा साधना गरिएको बताए ।

त्यस अवसरमा दजनौँ साधक साधिकारहरु होमन कार्यक्रममा सहभागीता रहको थियो । कार्यक्रममा स्वागत गुरुचन्द्रले गरेका थिए भने नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले यस प्रतिष्ठानले जिल्ला क्षेत्र र केन्द्र तथा अन्तराष्ट्रिय स्तरमा चेतथना र ज्ञान फैलाउनेमा विश्वास गरे । कार्यक्रममा अकला टोल विकास संस्थाका अध्यक्ष सोमनाथ पौडेल, पावती बाचे, पूर्णिमाया थापा, जगदिश काफ्ले, माता प्रतिमा अधिकारी लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।











