नेपाल रेडक्रस साेसाईटिकाे ६१ ओै स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम  सम्पन्न  

  नेपाल रेडक्रस सोसाइटी काे ६१ औं स्थापना दिवस २०८० को अवसरमा  जिल्लामा विभिन्न कार्यक्रहरु गरि मनाईएकाे छ। ब्यास नगरपालिका वडा नम्बर ५ स्थित श्री पराशर माध्यमिक विद्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको प्राविधिक सहयोगमा जूनियर तथा युवा रेडक्रसका विद्यार्थीहरूको लागि एकदिने प्राथमिक उपचार तालिम  मंगलवार सम्पन्न भएकाे छ।

पराशर माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलाका  अध्यक्ष विष्णुमाया थापाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य प्राध्यपक डक्टर कृष्णप्रसाद गौतमको प्रमुख  आथित्यतामा सञ्चालित उक्त कार्यक्रममा १० विद्यालयका  ५५ जना  जुनियर तथा युवा रेडक्रस का विद्यार्थीहरूको सहभागिता रहेको थियो। रेडक्रसले सधैं मानवीय भावनाको विस्तार गर्न जुनियर युवा रेडक्रस ,आजीवन सदस्य ,उपशाखा तथा शाखाहरु मार्फत आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि डा गौतमले संचालित प्राथमिक उपचार कार्यक्रमले विद्यार्थीहरुमा दैनिक जीवनमा आइपर्ने प्राथमिक उपचार सम्बन्धी समस्याहरुलाई समाधान गर्ने सीपको विकास गरेकाे वताए।

वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरुमा प्राथमिक उपचार सीपको विकास गर्दै विद्यालयहरूमा आइपर्ने सामान्य घटनाहरुमा प्राथमिक उपचार गर्नसक्ने विद्यार्थीहरूको उत्पादन गर्ने  आशा व्यक्त गरे।। विद्यार्थीहरुलाई प्राथमिक उपचारका सीपहरु अन्तर्गत घाइतेको जाँच परीक्षण, गला लाग्नु,रक्तस्राव, टोकाइ ,पोलाई, घाउ ,चोटपटक, विभिन्न प्रकारका पट्टी काे प्रयोगको बारेमा प्रशिक्षण गरिएको प्रशिक्षक कृष्णचन्द्र पाण्डेले वताए।।  सो प्रशिक्षण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्री अभिभावक शिक्षक संघका अध्यक्ष नरबहादुर आले,  प्रधानाध्यापक रामदत्त पौडेल  , प्राथमिक उपचार समिति तनहूँका संयोजक सुमन थापा, पाटन टोलका अध्यक्ष महेन्द्र गिरी,बेतेनी टोल विकास संस्थाका अध्यक्ष अमर थापा , शिक्षक नायक मन्जु खनाल लगायतका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

जुनियर सदस्य सजिना आलेद्वारा संचालित उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित केन्द्रीय सदस्य ,कार्यक्रमका प्रमुख अतिथि  प्रा डा कृष्णप्रसाद गौतमलाई सम्मान समेत गरिएको थियो। उक्त कार्यक्रमको समापन समारोहमा सहभागी सबै जुनियर तथा युबा विद्यार्थीहरुलाई कार्यक्रमका प्रशिक्षक कृष्णचन्द्र पाण्डे ,प्र अ राम दत्त पाैडेल एवं विद्यालय समितिका अध्यक्ष उषा क्षेत्रीले  प्रमाणपत्र वितरण गरेका थिए। यसै विच व्यास २ मा रहेकाे सत्यवी मा वि युवा रेडक्रसकाे आयाेजनामा सरसफाई कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.