पाठेघरको उपचार गर्न शुक्लागण्डकीमा शिविर : पाँच सय बढी महिला लाभांवित

दुलेगौँडा ।

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएको स्त्री रोगसम्वन्धि निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविरबाट पाँच सय बढी महिलाहरुले लाभ लिएका छन् । शुक्लागण्डकी नगरपालिकाको आयोजना तथा स्वदेशी नेपालको समन्वयमा वमेन फर वमेन फाउण्डेशन नेदरल्याण्डले सञ्चालन गरेको शिविरमा शुक्लागण्डकी नगरपालिका क्षेत्रका ५ सय ३३ महिलाहरु लाभाविन्त भएको शिविरका संयोजक तथा स्वदेशी नेपालका अध्यक्ष भेषबहादुर खड्काले जानकारी दिनुभयो । खड्काले महिलाको पाठेघर स्वास्थ्यका लागि आयोजना गरिएको शिविरमा सम्वन्धित समस्या रहेका महिलाहरुलाई सहभागि गराएर विशेषज्ञ चिकित्सकहरुबाट परिक्षण र उपचार गरिएको बताउनुभयो ।

उहाँले शुक्लागण्डकी नगरपालिकाबाट ८ जनालाई काठमाण्डौ लगेर अप्रेसन सहित उपचार गर्नुपर्ने, ३८ जनामा रिङ्ग राख्नुपर्ने र अन्य २१५ जनालाई औषधी र ब्यायामबाट निको पार्न सकिने अवस्था पहिचान भएको जानकारी दिनुभयो । विहीबार शुक्लागण्डकी नगरपालिका ७ मा सञ्चालन गरिएको शिविरमा उपचारका लागि आएका लाभग्राहीहरुले शिविरले महिला स्वास्थ्यको क्षेत्रमा महत्पवूर्ण सहयोग पु¥याएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नै घर गाउँमा प्राप्त भएको सेवाले बर्षौदेखिको समस्या समाधान हुने विस्वास ब्यक्त गरे ।

शिविरमा नेदरल्याण्डका विभिन्न अस्पतालहरुमा कार्यरत स्त्री रोग विशेषज्ञहरु डा। लुस, र डा। एनालिस तथा नेपालका स्त्री रोग विशेषज्ञ डा। निमा शर्मा र डा। अनिता पौडेलद्धारा महिलाहरुको प्रजजन समस्याको पहिचान गर्नुका साथै उपचार गराइएको फाउण्डेशनका नेपाल प्रतिनिधि विश्वराज पौडेलले जानकारी दिनुभयो । यता शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले शिविर महिला स्वास्थ्यको क्षेत्रमा प्रभावकारी भएको दावि गर्दै महिला स्वास्थ्यप्रतिको सचेतना जगाउन समेत महत्वपूर्ण भएको बताउनुभयो ।

शिविरमा आएर गम्भिर समस्या देखिएका महिलाहरुको न्यून आर्थिक अवस्थाका साथै जिम्मेवारी लिने सदस्य समेत नभएकाले उपचारमा समस्या देखिएको बताउनुभयो । शिविर शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडालाई लक्षित गरि ढोर फुलबारी सहिद अस्पताल साँखे, फिरफिरे स्वास्थ्य चौकी लामागाउँ, खेरेनीटार स्वास्थ्य चौकी दुलेगौँडा, थप्रेक स्वास्थ्य चौकी थप्रेक र स्याउली बजार आधारभूत केन्द्र बगैचामा शिविर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.