व्यास नगरपालिका १० पोख्रेलफाँटमा जैविक कृषि अध्ययन अनुसन्धान कार्यक्रम अन्तर्गत ३ दिने कृषक तालिम शुक्रवारबाट सुरु भएको छ । गोवद्र्धन शर्मा स्मृति कोषको आयोजना एवं व्यास नगरपालिकाको सहयोगमा भएको तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले स्थानिय स्तरमै उत्पादन हुने तरकारी तथा खाद्यबस्तुहरु समेत बाहिरबाट ल्याएर खानुपर्ने अवस्था आएको बताए ।

नगरपालिकाले जैविक कृषिमा जोड दिने नीति लिएको बताउदै नगरप्रमुख न्यौपानेले गोवद्र्धन शर्मा स्मृति कोषले पालिकाभर जैविक कृषि अभियानलाई विस्तार गर्नुपर्ने बताए । स्थानिय कृषि उपज उत्पादन गरेर स्वरोजगारी बढाउनुपर्नेमा नगरप्रमुखको न्यौपानको जोड थियो । उत्पादनमा आधारित प्रोत्साहन गरिने समेत नगरपालिकाको नीति रहेको नगरप्रमुख न्यौपानेको भनाई थियो ।

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री डोवाटे विकले तालिममा लिइने शैद्धान्तिक र व्यावहारिक ज्ञानलाई व्यवहारिक जीवनमा समेत प्रयोग गर्नुपर्ने बताए । तालिमलाई उपयोगी बनाउन समेत उनले प्रशिक्षकहरुलाई आग्रह गरे । व्यास नगरपालिका वडा नंम्बरं ५,७,९,१०,११ का गरी ५५ जनाको तालिममा सहभागीता रहेको छ । व्यास १० का वडाध्यक्ष खेमराज पोख्रेल, व्यास ११ का वडाध्यक्ष दलबहादुर दुरा लगायतले भनाई राखेको कार्यक्रममा आयोजकको तर्फबाट कार्यक्रम व्यवस्थापक समुद्र गोदारले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । गोवद्र्धन शर्मा स्मृति कोष व्यास १० का महासचिव रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जीवन पोख्रेलले गरेका थिए । तालिममा कृृषि र पशुपालन तर्फको छुट्टाछुट्टै रुपमा सञ्चालन गरिएको छ । शुक्रवारबाट सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुनेछ ।

