म्याग्दे गाँउपालिकाद्धारा आयोजित एकिकृत घुम्ति शिविरवाट १३३३ जना पशु कृषक लाभान्वित भएका छन् ।
शिविरमा ५३ वटा कुकुर र विरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिईएको छ भने गोवर परिक्षण ७८ वटा पशुको गरिएको छ । त्यसैगरि १२० वटा वहर र वोकामा वन्ध्याकरण गरिएको छ ।

त्यसैगरि शिविरमा ३७७ वटा गाई गोरुको उपचार गरिएको छ भने ६३३ वटा भैसीको विभिन्न प्रकारको उपचार गरिएको छ भने ५६८० वाख्राका उपचार गरिएको पशु शाखाले जनाएको छ ।

५१८ वटा सुँगुर र वंगुरको उपचार गरिएको घुम्ति शिविरमा ९८२६ कुखुराको उपचार गरिएको छ । कुकुर र विरोलो १४१ वटाको उपचार गरिएको छ भने १९ वटा हाँसको उपचार गरिएको छ ।

म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर असोज ७ गते शुरु भई कार्तिक ९ गते सम्म संचालन भएको थियो ।