नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले स्थानिय तहहरु गणतन्त्र गुलावका सुन्दर फुल भएको वताएका छन् । गणतन्त्रको उपजका रुपमा अहिले देखिएको परिणामहरु हुन् । लोकतन्त्रमा सवै समान छन्, लोकतन्त्रमा सवैका प्रतिभाहरु फुल्न सक्दछन् । म्याग्दे गाँउपालिकाले आयोजना गरेको स्थानिय तह नवौ स्थापना दिवशको अवसरमा अधिकारीले सो कुरा वताएका हुन् ।

गणतन्त्रको छोटो अवधिमा धेरै विकास निर्माण भएका छन् । परिवर्तनका लहर भएका छन् । हिजोको राजतन्त्र होस वा पंचायतमा भएको वेथितीलाई गणतन्त्रले चिरेको हुदाँ गणतन्त्रको विकल्प अन्य हुन नसक्ने अधिकारीले वताए । सिमित व्यक्तिले व्यवस्था परिवर्तनका लागी कोशिष गरेता पनि राजतन्त्रको स्थापना हुन नसक्ने उनले वताए । लोकतन्त्रमा सवै जातजातिको समान अस्तित्व भएको हुदाँ जनता नै सर्वोपरि भएको वताए ।

यसैगरि कार्यक्रममा जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले म्याग्दे गाँउपालिका तनहुँमा सवैभन्दा अव्वल र सफल पालिको भएको वताए । भौतिक संरचना होस वा अन्य सुचकमा पालिका सवैभन्दा अगाडी भएको हुदाँ पालिकाको विकासमा सक्दो सहयोग गर्ने वताए ।
पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाको सम्पुर्ण ध्यान जनताको विकास र समृद्धिका लागी लागेको वताए । धेरै भएका छन्, जनताको आशा र अपेक्षा धेरै छन् तर केही नभएको होईन, उनले भने । पालिका हरेक गतिविधीमा श्रेष्ठता हासिल गर्न सफल भएका छन् यसमा जनताको साथ र सहयोग जोडिएको छ । भौतिक संरचना निर्माण होस वा जनताको काममा हातेमालोको साथ अगाडी वढेको हुदाँ थप कार्यक्रमका लागी पालिका लागिरहेको वताए ।

यसैगरि पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिका निर्माण गर्न सहयोग गर्नुहुने सवैमा धन्यवाद ज्ञापन गरे । विषम परिस्थितीमा अग्रजहरुले खेलेको भुमिकाका कारण म्याग्दे गाँउपालिकाले सार्थकता पाएको हुदाँ समृद्ध म्याग्दे सुखी म्याग्देली वनाउन सवैको साथ र सहयोगको अपेक्षा गरे ।

सो कार्यक्रममा पालिकाका पुर्व अध्यक्ष मायादेवी रानाले सवैको साथ र सहयोगले विकसित म्याग्दे वनाउन सकिने हुदाँ पालिकाले जनताको भावना अनुरुप काम गरेको वताए । त्यसैगरि कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, जनप्रतिनिधीहले स्थानिय तहको उपादेयता र महत्वको वारेमा वोलेका थिए ।

कार्यक्रममा म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले यस अवधिमा पालिकामा भएका कार्यसम्पादनका वारेमा प्रकाश पारेको थिए ।

यहि अवसरमा म्याग्दे गाँउपालिकाद्धारा आयोजित दोश्रो अध्यक्ष कपमा जित हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण तथा सम्मान समेत गरिएको थियो ।




