आदिकवि भानुभक्त क्याम्पस दमौलीमा यहि चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्याम्पस प्रशासनले एकलौटी गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ ।
क्याम्पस निर्वाचन समितीले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको मनोनयन पत्र नामावली दर्ता गर्ने समय कार्यक्रम अन्तरगत २०८१ फाल्गुण २७ गते विहान ११ वजे देखि दिनको २ वजे सम्म भएकोमा अनेरास्ववियले मात्र निर्धारित समयमा नामावली दर्ता गरेको र अन्य संगठनले समयअवधि भित्र नामावली दर्ता नगरेको भन्दै अनेरास्ववियुको प्यानललाई निविरोध निर्वाचित गर्न ध्यानाकर्षण गरेको छ ।

अनेरास्ववियुद्धारा जारी विज्ञप्तीमा भनिएको छ । निर्वाचन समितीले तोकेको निर्धारित समयभित्र कुनै पनि विद्यार्थी संग संगठनले उम्मेदवारी दर्ता नगरेको तर २०८१ फाल्गुण २८ गते २ वजे भित्र नै दावी विरोध गरेता पनि हाम्रो संगठन अनेरास्ववियु कुनै पनि सोधपुछ, परामर्श र समन्वय नगरी आफैले तय गरेको स्ववियु निर्वाचन कार्यतालिकालाई उल्लंघन गरि कार्यतालिका हातमा लिई आफु खुसी, स्वेच्छचारी ढंगले अन्तिम उम्मेदवारको नामावलीप्रकाशित गरेकोमा हाम्रो संगठनले गम्भिर आपत्ति प्रकट गर्दछ भनिएको छ ।

उक्त अवैध मनोनयन दर्ताको नामावली खारेज गरि हाम्रो संगठन अनेरास्ववियुको प्यानललाई निर्विरोध निर्वाचित घोषणा गर्न अन्यथा न्यायको लागी कानुनी प्रक्रियामा जाने अनेरास्ववियुको संयोजक विशाल ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।