माघ माहात्म्य कथा प्रवचन शुरु


गुरुकुल व्यवस्थापन एवं संचालनार्थ माघ माहात्म्य कथा प्रवचन व्यास नगरपालिका वडा नं ५ को पाटनमा शुरु भएको छ । पराशर आश्रम संरक्षण समिती, तनहुँको आयोजनामा शुरु गरिएको माहात्म्य कथा प्रवचन माघ ८ गते देखि १३ गते सम्म संचालन हुनेछ ।


मुलवाचक आचार्य पण्डित कृष्णकान्त शाण्डिल्यान (काफले)ले माहात्म्य कथामा प्रवचन दिने पराशर आश्रमको अध्यक्ष सत्यप्रसाद खनालले वताए ।


महर्षी वेदव्यास वेद विद्यालय (गुरुकुल संस्कृत विद्यालय) को व्यवस्थापन तथा संचालनार्थ शुरु गरिएको माघ माहात्म्य कथा प्रवचनमा सहभागी भएर पृण्यलाभ गर्न आयोजकले अनुरोध समेत गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.