तिमी ठू…लो जेल बनाएर बिकास गर ! म सबैलाई सत्य बोल्न सिकाउने अभियान चलाएर परिवर्तन ल्याउनेछु ! तिमी सबै जनतालाई थुनेर आफ्नो बहादुरी प्रस्तुत गर ! म सबै जनतालाई स्वतन्त्र बनाएर आफ्नो कर्तब्य पूरा गर्नेछु ! तिमी “यो देशमा केही हुन्न रैछ” भन्ने भास्य खडा गर र जनतालाई देश त्याग्न बाध्य बनाऊ ! म जनतामा आशाको दीप बालेर देश सङ्ग जोड्ने प्रयास गर्नेछु !
हिमाल, पहाड, तराइ, वन जङ्गल, नदीनाला, तालतलैया, जडीबुटी र उर्बर माटोले सजिएको भरिएको, गौरवशाली इतिहास बोकेको यो देशलाई असत्यले राज गरिरहंदा आज एक छाक खानकै लागि मात्रै पनि विदेशीको घरमा गोठाला बस्न जानु पर्ने वाध्यता छ नेपालीको ! सत्य बोल्न र सत्कर्म गर नसक्दा ! सही र सत्यको पक्षमा समाज कहिल्यै नउभिंदा यो अभाव, भोक र रोगले निलेकोछ नेपालीलाई !
साँचो कुरा गर्दा, सुन्दा र सही कर्म गर्दा कहिल्यै यश नदिने नेपाली समाजको मनोविज्ञान बदलेर सत्यवादी मनोविज्ञानको शुरुवात गर्नु पर्दछ अब ! हो म त्यही परिवर्तनको संवाहक हुँ ! मलाई तीतो ठान, अराजक र अभद्र अनि अशिष्ट मान तर संधै म असत्य र अन्यायको विरुद्ध अभिरहनेछु ! अन्याय सहेर बाँच्दिन र अरुलाई पनि अन्याय नसहने सल्लाह दिन्छु र त्यसको विरुद्ध बोल्ने हौसला प्रदान गरिनै रहनेछु ! कसले जित्यो या कस्ले हार्यो भन्ने कुरा गौण हो मेरो लागि ! तर सत्य र न्याय स्थापित भयो कि भएन भन्ने कुरा मेरो चासो र मुद्दाको विषय हो !
म सत्य बोल्ने र बोल्न सिकाउने एउटा विद्यालय चलाउनेछु तिमीहरु असत्यको पक्षमा उभिएर मलाई प्रताडीत गर्दै हाँस ! जन्म पछिको मृत्यु आशवत हो तर बाँचिन्जेल सत्यमै रमाउन सकूँ सत्कर्म गर्न सकूँ यही कामना छ मेरो ! मैले सत्य बोल्दा कसैलाई पोल्छ अनि मेरो सत्कर्मले कसैलाई पिरोल्छ भने त्यसमा मेरो के दोष ? मलाई गाली गर ! थुक ! तर म आफ्नो सत्वचन र सत्कर्म देखि कहिल्यै विचलित हुनेछैन !
यो मेरो परवरिस मै छ मेरो पूर्खाले दिएको संस्कारमै छ ! दुईचार थान आफुलाई मान्छे हुँ भन्नेहरुले मेरो बाटो मोड्न सक्दैनन् ! झुटको खेती गरेर अभाव र द्वन्द निम्ताउनेहरुलाई मेरो सल्लाह ” सत्य को बाटोमा हिँडौँ ! कर्म गरौँ श्रम गरौँ र सबैलाई धन्यवाद दिऔँ !” सत्यलाई दमन गरेर असत्यलाई बढावा दिने राज्यको स्वाभावलाई परिवर्तन गर्नै पर्छ ! राज्य निष्पक्ष बन्न नसक्दा गुमेको न्याय आज खोजिरहेको छु ! मेरा हरेक अभिव्यक्तिहरुबाट, अभियानबाट र मेरा कर्महरु बाट !