थर्पु युवा क्लवको आयोजना र म्याग्दे गाँउपालिकाको समन्वयमा दोश्रो म्याग्दे महोत्सव २०८२ शुरु भएको छ । कला र संस्कृतिको संरक्षण्, आर्थिक, समाजिक, कृषि पर्यटनको प्रवद्र्धन भन्ने मुल नाराको साथ शुरु भएको दोश्रो म्याग्दे महोत्सव पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

जेठ १४ गते देखि जेठ २५ गते सम्म चल्ने महोत्सवले अािर्थक रुपमा शिथिल वनेको व्यापारलाई चलायमान वनाउने, समग्र म्याग्देको भाषा र संस्कृतिको जगेर्ना गर्ने, म्याग्दे लाई समग्र देशमा प्रचार प्रसार गर्ने, स्थानिय स्तरमा उत्पादित कृषि समाग्रीको वजारीकरण गर्न सहयोग पुग्ने पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए ।

म्याग्दे गाँउपालिकालाई व्यापारिक हवको रुपमा विस्तार गर्न महोत्सवले टेवा पुग्ने अध्यक्ष श्रेष्ठले वताए । महोत्सवको आम्दानीले दीर्घ रोगीको उपचारमा सहयोग गर्ने, स्थानिय कलाकारको प्रतिभा प्रस्तफुटन गर्ने, खेलाडीहरुलाई स्थानियसँग साक्षात्कार गर्न सहयोग पुग्ने महोत्सवको संयोजक गौरव राज रानाले वताए ।
महोत्सवको आम्दानीले म्याग्देमा फुटवल मैदानको निर्माण गरिने, आपसी भाईचारा कायम गरि समृद्ध म्याग्दे निर्माण गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष नवराज हमालले वताए ।

उद्घाटन कार्यक्रममा पालिका स्तरीय राजनैतिक दलका नेतृत्व, समाजिक वौद्धिक व्यक्तित्व, पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे लगायतले महोत्सवको वारेमा धारणा राखेका थिए ।

