लामो समयदेखि प्रेसरले ढलेर उपचार गराईरहेको भिमाद–६, निवासी टेकवहादुर श्रेष्ठलाई नेकपा एमाले सम्वद्ध अनेरास्ववियु जनज्योति क्याम्पस भीमाद र युवा संघ भीमादले आर्थिक सहयोग गरेको छ ।
पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार गराउदै आएको श्रेष्ठको उपचारमा समस्या भएपछि रु ३४,५००।– आर्थिक सहयोग गरिएको अनेरास्ववियु र युवा संघले जनाएको छ । आर्थिक रुपमा विपन्न श्रेष्ठको उपचारमा खर्च नभएको कारण अस्पताल वाट घर पठाईएको श्रेष्ठका श्रीमतिले वताईन् । श्रीमानको उपचारका लागी आर्थिक सहयोग गरिदिन समेत श्रेष्ठको श्रीमतिले अपिल गरेकी छिन् ।
© Copyright 2022 Bishwobhumi.com. All rights reserved. Powered by Lumino Technology