तमु ल्होसार तमु जातिको लागि अस्तित्व् जगेर्ना र मौलिक पहिचानको आव्हान, पुस्तान्तरण सहितको समुन्नत सास्कृतिक सभ्यताको विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ तनहुँको दमौलीमा तमु ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।

शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव सभ्यता नै हराउँछ भन्ने आशयका साथ सप्ह्री ल्हो (सर्प वर्ग) को विदाई तथा त ल्हो (घोडा वर्गको स्वागतमा आयोजित कार्यक्रममा तमु समुदायले आफनो भाषा, धर्म संस्कृति सहित वजार परिक्रमा गरि अनसन चौतारीको पाङ्गणमा तमु ल्होसार कार्यक्रम मनाएको हो ।







