नेपाल मगर संघ जिल्ला समन्वय समिती तनहुँको आयोजनामा ४३ औ मगर संघ स्थापना दिवस तनहुँको दमौलीमा मनाईयो । मगर सभ्यताको दस्तावेजिकरण गर्दे लखन सास्कृतिक संग्रहालय वनाऔ, सांगठनिक उत्सवको रुपमा मगर संघको ४३ औ स्थापना दिवस मनाऔ भन्ने मुल नाराका साथ मगर दिवस मनाईएको हो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिती तनहुँको अध्यक्ष खड्ग सिंह थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश सासंद जित प्रकाश आलेले शहिद लखन थापाको तस्विरमा माल्यार्पण गरि कार्यक्रमका उद्घाटन गरेका थिए ।
जिल्ला भरको मगर समुदायको उपस्थिती रहेको कार्यक्रममा मगर समुदायले विभिन्न नाँचगान सहित वजार परिक्रमा गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आलेले मगर समुदाय सवैभन्दा ठुलो जनशक्ति भएको जाती भएको वताए । मगर एकताले मात्र जातिय संरक्षण र एकता सम्भव भएको हुदाँ जातिय रक्षाका लागी सवैको साथ र सहयोग आवश्यक रहेको वताए । राज्यले मगर समुदायलाई उपयोग मात्र गर्ने गरेको हुदाँ अव अधिकार प्राप्तिका लागी संघर्ष गर्नुपर्ने उनको धारणा रहेको थियो ।

यसैगरि कार्यक्रमका विशिष्ट अतिथी सिद्धान्त थापा मगरले मगर समुदायको वाहुल्यताले मात्र समाज रुपान्तरण नहुने हुदाँ आफनो क्षमता प्रस्तुत गर्नुपर्ने वताए । मगरले एकता गर्दा तनहुँको १० वटै पालिका र स्थानिय तहमा जित हासिल गर्न सकेको हुदाँ पार्टी नभई मगर समुदायको प्रतिनिधित्वले मात्र समाज रुपान्तरण गर्न सकिने वताए ।

जिल्ला समन्वय समितीका सचिव केहर सिंह आले वादलले संचालन गरेको कार्यक्रममा मगर जातिको संरक्षण र उत्थानका लागी मगर समुदाय एक हुनुपर्ने वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रममा मगर समुदायले विभिन्न जातिय संस्कृति प्रर्दशन गरेका थिए ।








