छैटौ आदिवासी जनजाति तनहुँ सास्कृतिक एवं पर्यटन महोत्सव–२०८२, मा परम्परागत शैलीका घरहरु ।


व्यास नगरपालिका–३ अनसनचौतारी दमौलीमा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी भएको महोत्सव मुल समारोह समिति संयोजक सनम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा स्वागत गेट, मगर, दरै, कुमाल र माझीको परम्परागत घर, स्टल निर्माणको कार्य पुरा भएको छ ।
महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङको बाहुलीबाट महोत्सवको उद्घाटन हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । महोत्सवमा आइफिल टावर, लण्डन ब्रिजको आभास गर्न पाउने उहाँले बताउनुभयो । “यी मुख्य आकर्षणको संरचना भए पनि मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता हो”, उहाँले भन्नुभयो, “मुनाफाले जीवन्त सांस्कृतिक संग्राहलय निर्माण भएकोले आम्दानी बढाउने विषय प्राथमिकतामा छन् ।


आइफिल टावर, लण्डन ब्रिजलगायतका संरचनाले दर्शकलाई आकर्षित गर्ने महासंघका सचिव जीवन गुरुङ ‘कुमार’ले बताउनुभयो । उहाँका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । परिषद्का कोषाध्यक्ष ठाकुुर दरैका अनुसार महोत्सवबाट करिब रु.७३ लाख आम्दानी हुनेछ भने रु.५८ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट रु.१५ लाख बचत गर्ने लक्ष्य लिइएको कोषाध्यक्ष दरैले बताउनुभयो । जिल्लाभरका जातीय कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाले बताउनुभयो ।


महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ । कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महासंघका उपाध्ययक्ष शेर बहादुर बोटेले महोत्सवमा १५० वटा स्टल पूर्ण रुपमा निर्माण भइसकेको बताउनुभयो । महोत्सवमा नायक पल शाह, गायक बद्री पंगेनी, गायिका शान्तिश्री परियार, ज्योति मगर, प्रिती आले, प्रकाश सपुत, दुर्गेश थापा, कमल खत्री, खेम सेन्चुरी, प्रताप दास, बबिता किराती, समिक्षा अधिकारी, एलिना चौहान, सञ्जिव सिंह राना, रवि रिमाल, मुना अर्याल, प्रेरणा गिरीलगायतका कलाकारको महोत्सवमा प्रस्तुति रहने आयोजकले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.