अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को अर्धवार्षिक समिक्षा सम्पन्न


अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) तनहुँले मानवअधिकार उल्लंघन तथा ज्यादतीको घटनाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । मानवअधिकार मंच तनहुँको उपाध्यक्ष वसुन्धरा घर्तिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमको वीच उद्घाटन गरेका थिए ।
समिक्षा कार्यक्रममा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुमा हत्या, कुटपिट, दुव्र्यवहार, धम्कीका घटना, महिला अधिकारको घटना, घरेलु हिंसा, वाल अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, सम्पतीको क्षति, स्वास्थ्यको अधिकार, च्याउको सेवनवाट मृत्यृ, खाद्यको अधिकारको विषयमा छलफल गरिएको थियो ।


यस ६ महिनामा २ जना महिला, एक वालक सहित २ जना पुरुषको हत्या भएको, ८ जना महिला वलात्कार÷वलात्कारको प्रयास गरिएको, यौन दुव्यवहार गरिएको, १ जना महिला र ३ पुरुषगरि ४जनालाई कुटपिट, धम्की र दुव्र्यवहार गरिएको, ३ जना विद्यार्थीमाथी कुटपिट गरिएको, २ जना मानव वेचविखन गरिएको र एक जनाको सम्पती क्षति भएको विषयलाई समिक्षा गरिएको थियो ।


सो कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कमिटी सदस्य, सिर्जना तिवारी, नेकपा एमालेका सचिव प्रदिपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व वास्तोला, प्रहरी उपरिक्षक राजु अधिकारी लगायतले मानव अधिकार उल्लंघनका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आम जनताको चेतनाको विकासले मात्र मानवअधिकारका घटनाको न्युनकरण गर्न सकिने हुदाँ सवैले सकारात्मक सोचका साथ काम गर्नुपर्ने वताए । घटनामा निश्पक्ष छानविन गरि पिडित लाई न्याय दिनुपर्ने हुदाँ यसमा राजनैतिक आग्रह पुर्वाग्रह राख्न नहुने वताए ।
सो कार्यक्रमको संचालन ईन्सेक जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.