प्रथम पुरस्कार महिला जागरण आमा समुहलाई
श्री वाराही महिला वहुउद्येश्यीय सहकारी संस्था, म्याग्दे–१, गुणादीको आयोजनामा खुल्ला तीज गीतप्र प्रतियोगिता सम्पन्न भएको छ । साँस्कृतिक पर्व तीज, वदलिएको रीत भन्ने शिर्षकमा भएको तीज गीतमा १८ टिमको सहभागिता रहेको थियो ।
श्री वाराही महिला वहुउद्येश्यीय सहकारी संस्थाको आयोजनमा भएको सो कार्यक्रमको उद्घाटन म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेका थिए । मौलिक भेषभुषा र सस्कृतिमा सहभागी टिमले प्रतियोगितामा आफनो गीत प्रस्तुत गरेका थिए ।

सो प्रतियोगितमा म्याग्दे–३ को महिला जागरण आमा समुहले अन्य प्रतिष्पर्धीलाई पछि पार्दे प्रथम स्थान हासिल गरेको थियो । यसैगरि सिन्धु आमा समुह व्यास–५ ले दोश्रो स्थान हासिल गरेको थियो भने तेश्रोमा राधा मावि जामुने र सान्त्वना पुरस्कार सिद्धि विनायक अग्रेजी वोडिङ, म्याग्दे–१ ले हात पारेको थियो ।

विजेता टिमहरु प्रथम, द्धित्तिय, तृतिय र सान्त्वना हुने टिमले क्रमश १० हजार, ७ हजार, ५ हजार, ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले तीज पर्व महिलाहरुको सवैभन्दा ठुलो पर्व भएको वताए । गीत संगीतको माध्यामवाट आफनो वेदना प्रस्फुटन गर्ने तीज आफनै संस्कृति र परम्परा जोगाउने माध्याम हो, तर पछिल्लो समयमा तीज गीतका नाममा भएको उच्छ्ङखल गतिविधीले समाजमा अराजकता निम्त्याएको छ, उनले भने । तीज समाजिक परिवर्तनको सम्वाहक पनि हो, मनोरन्जनका साथै यसले परिवर्तन ढोका समेत खोलेको छ, श्रेष्ठले भने ।

तीज गीत मार्फत समाजिक गतिविधि उजागर गर्नुपर्ने हुदाँ प्रविधिको यो युगमा तीजको मर्मलाई आत्मासात गर्नुपर्दछ, श्रेष्ठले भने ।
त्यसैगरि कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले गीत संगितको माध्यामवाट सहभागीहरुले अत्यन्त राम्रो प्रस्तुति दिएको वताए । साँस्कृतिक पर्व तीज, वदलिएको रीतले वास्तवमा धेरै राम्रो सन्देश दिएको छ । पर्वका नाममा भएको अराजक गतिविधिलाई सवै मिलेर रोक्नुपर्ने वहाँको भनाई थियो । श्री वाराही महिला वहुउद्येश्यीय सहकारी संस्थाले सामाजिक जनचेतना फैलाउने काममा अग्रणाी भुमिका खेल्दै आईरहेको हुदाँ संस्थाले आफनो उद्येश्य अनुरुप काम गर्नुपर्ने धारणा राखे ।

सो कार्यक्रममा म्याग्दे–१ का वडाध्यक्ष, मणिभद्र वाग्ले, निवर्तमान वडाध्यक्ष शिवशरण खनाल लगायत व्यक्तिहरुले धारणा राखेको थिए ।
सो तीज गीत प्रतियोगितका अवसर पारेर संस्थाले म्याग्दे गाँउपालिकामा अध्ययनरत जेहन्दार विद्याथी हरुलाई विद्यालय समाग्री समेत हस्तान्तरण गरेको थियो ।









