तनहुँ, क्षेत्र नं–२
प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्देलको पहलमा तनहुँ क्षेत्र नं २ मा नेपाल सरकारवाट ०७५।०५८ सम्म खेलकुद, शहरी तथा विकास तथा पर्यटनमा ४० करोड वजेट विनियोजन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार समेत रहेका केदार सिग्देल जिल्लामा सरल, कुशल संगठक, स्पष्ट दृष्टिकोण र जनप्रिय नेताका रुपमा परिचित छन् ।
जसमा सघन सहरी विकास कार्यक्रम भिमाद नगरपािलकामा यस आर्थिक वर्षमा समेत गरि ३३ करोड विनियोजन भएको छ । यसैगरि भिमाद रंगशाला निर्माणमा ६५ लाख, जलयान सम्याव्यता अध्ययन तथा संचालन (देवघाट देखि राम्दीसम्म) ५ करोड ५० लाख, सिद्धगुफा नयाँ पर्यटन गन्तव्य पुर्वाधार निर्माणमा १ करोड विनियोजन गरिएको थियो ।
सज्जन जामै मस्जिद जिर्णोद्धारा तथा पुर्ननिर्माणमा १ करोड ३० लाख, ज्यामिरे माई र गडकेश्वर महादेव मनिदरसंरक्षणमा १० लाख, गणदेव महादेव मन्दिर पर्यटकिय पुर्वाधार निर्माणमा ८ लाख, सहिद पार्क निर्माण ऋषिङमा २५ लाख, पोखरी निर्माण, छिपुङ, उडसिङ भिमादमा २० लाख, पानी मुहान संरक्षण भुन्दुङखोला भिमादमा १० लाख, छाङपाटन खेल मैदान स्तरोन्नतीका लागी ८ लाख, झापुटार खेलमैदान निर्माण तथा स्तरोन्नतीका लागी ८ लाख विनियोजन भएको थियो ।








