आदरणिय बाबा,आमा,दाजुभाई दिदीबहिनी हरु यहाँ हरु लाई सर्ववीदितै थियाे नेकपा एमाले पार्टी फूट र विभाजित अवस्था त्यस माथि पाँच दलिय गठवन्धन ,यस्तो प्रतिकूल समयमा २०७९ मंसिर ४ गतेकाे प्रतिनिधिशभा काे निर्वाचनमा मैले तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेकाे तर्फबाट उमेदवारी दिएकाे थिएं । सुर्य चिन्हमा छाप लगाएर नेकपा एमाले पार्टी र म प्रति सद्भभाव र माया दिनु भयाे म सम्पूर्ण मतदाता हरुमा हार्दिक आभार र धन्यवाद प्रकट गर्दछु । खेलकाे नियम जस्तै चुनाव मा पनि हारजीत सामान्य कुरा हाे । म विचलित हुने छैन हाम्रो सम्पूर्ण कार्यकर्ता एवं शुभेच्छुक समर्थकमा पनि यस्तै उच्च मनाेवलकाे रुपमा देख्न पाउनेनै छौं । मैले यस्लाई स्वभाविक रुपमा लिएकाे छु । सवैले यसै रुपमा लिनु हाेला । मेराे सवैमा हार्दिक अनुराेध छ । चुनावमा कहिले काहीं सहि नीति र व्यक्ति ले पनि पराजय भाेग्नु पर्दछ, तर भविश्यमा सच्याउने जिम्मा पनि शार्वभौम जनता लाई नै हुन्छ केवल धैर्यताकाे खांचाे हुन्छ । म जनताकाे सेवा र समाज विकासकाे निम्ति विगतमा जसरी लागें मेराे प्रयास निरन्तर जारी रहने छ र कुनै कमी आउन दिने छैन। चुनावमा सफल परिणाम ल्याउनकाे निम्ति सुरु देखिनै भाेग तिर्खा थकाई नभनी अहाेरात्र खट्ने ईमान्दार कार्यकर्ता शुभेच्छुक समर्थक हरुमा हार्दिक आभार प्रकट गर्द छु । यसै गरि पत्रकार मिडीयाकर्मी निर्वाचनमा खटिनु भएका कर्मचारी हरुमा पनि सहयाेग पुर्याउनु भएकाेमा धन्यवाद प्रकट गर्द छु ।
एक वहादुर राना मगर
प्रतिनिधिसभा उमेदवार, नेकपा एमाले क्षेत्र नं १ तनहुँ








