केपी ओली राष्ट्र निर्माता हुन् । नेपालका राजनेता हुन् । अधिकारी


नेकपा (एमाले)को स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री खगराज अधिकारीले केपी ओली नेकपा एमालेको मात्र नभई देशको नै नेता भएको अधिकारीले वताए । राष्ट्रको पहरेदारको रुपमा केपी ओलीको भुमिका रहेको हुदाँ ओलीको विकल्प नभएको अधिकारीले वताए । हिजो भारतले नेपालको लिपुलेक लिम्पुयाधुरा, कालापानी हस्तक्षेप गर्दा त्यो भुभाग नेपालको भएको भनि संविधानमा नै सर्वसम्मत रुपमा संशोधन गराउने महान व्यक्ति नै केपी ओली हो, अहिलेको सम्माननीय प्रधानमन्त्री हो, उनले भने । ओली नेपालीहरुको कण कणमा नशा नशामा वसेका छन् । त्यो सवैको राजनेता केपी ओली हो, अधिकारीले भने ।
नेपालमा केही हुदैन भन्ने भाष्यलाई चिर्न जरुरी छ । प्लस टु पढेर विदेश जाने र त्यही व्यक्तिहरुले देशमा केही हुदैन भन्ने नकारात्मक धारणा फैलाएको हुदाँ त्यस्तोलाई रोक्न जरुरी छ भएको उनको दावी थियो । विदेशमा वस्ने अनि नेपालको विरुद्धमा लेख्ने वौद्धिक व्यक्तिहरुले नै नेपालको वारेमा अन्टसन्ट लेख्ने वोल्नेहरु अराजक भएको अधिकारीले वताए ।


नेपालमा धेरै कुराको विकास भएको छ । त्यसको नेतृत्व नेकपा (एमाले)ले गरेको छ । नेकपा एमालेलाई चौतर्फी घेरावन्दी गरेको छ । तर पनि नेकपा एमालेका नेता कार्यकर्ता मौन रहेका छन्, यो धारणा राम्रो होईन उनले भने । पार्टीले राम्रो काम गरेको राम्रो भनेर लेख्नुपर्ने उनको धारणा रहेको थियो ।
फरक सन्र्दभमा अधिकारले राज्य एकीकरणमा पृथ्वी नारायण शाहको योगदान भएता पनि वहादुर शाहले नेपालको भुगोलको एकीकरण गरेको वताए । पृथ्वीनारायण शाह राष्ट्र निर्माताका रुपमा चित्रित भएको तर वहादुर शाहको ईतिहास छाँयामा परेको हुदाँ ईतिहास र नेपालको हिजोको अवस्था अध्ययन गर्नुपर्ने वहाँले वताए ।


अहिलेको नयाँ पिढीमा अल्पज्ञान हुँदा त्यसले देश र जनतामा भ्रम परेको छ । देशमा नेकपा एमालेको सरकारले धेरै राम्रो काम गरेको तर मिडियाले प्रचार प्रसार नगरेको वहाँको दावी थियो । सो कुरा अधिकारीले प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वताएका हुन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.