नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष डम्वर अधिकारीले लोकतन्त्रको पक्षमा कलम चलाउने आफु झोले नै भएको वताएका छन् ।
सन्दर्भ-जेनजी आन्दोलनको दोस्रो दिनको हो । आन्दोलनरत समूहको एक समूह नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालय तर्फ अगाडि बढेको थियो । सो समूहको एउटै उदेश्य भनेको नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नु नै थियो । अनियन्त्रित भीडले नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा करिब १५÷२० मिनेट ढुंगा प्रहार गरी क्षति पुरयाएको थियो । भीडले कांग्रेस पार्टी कार्यालय भित्र आक्रमण गरि रहेका बेला नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष उज्वल पौडेलले नेपाली कांग्रेस तनहुँको भवनमा रहेका मादी सेती एफएमका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य अफिसबाट बाहिर आउन नपाएको जानकारी गराए र निकाल्नका लागि प्रयत्न गरे । पत्रकार महासंघका पूर्व अध्यक्ष पौडेल त्यस किसिमका आग्रह गरेसँगै मैले सेतीमादी दैनिकको फेसबुक पेज मार्फत आचार्यका उद्धारका लागि अपिल गरे । त्यसबीचमा आन्दोलनरत केही युवाहरुले उद्धारका लागि अनुमति दिएको अवस्था पनि थियो । सोही अनुरुप आचार्यलाई गेटको चाबी खोलेर बाहिर आउन आग्रह गरेको थियो । तर आन्दोलनमा सहभागी मध्ये केही अराजक व्यक्तिहरुले पत्रकार भएर पार्टी कार्यालय जोगाउन आउने भन्दै म माथि खनिन थाले । मैले पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष आचार्य थुनिएको र उनलाई उद्धार गर्नु बाहेक अरु केही उदेश्य नभएको बताई रहेको थिए ।तर भीडका केही अराजक व्यक्तिहरु झन उत्तेजित हुँदै म माथि खनिई रहेका थिए । यद्यपी त्यसक्रममा ममाथि भौतिक आक्रमण हुन भएन । त्यस दिन नेपाली कांग्रेस पार्टी कार्यालय अवस्थालाई हेर्ने हो भने अराजक व्यक्तिहरुको समूह कांग्रेस पार्टी कार्यालयमा आगजनी गर्ने अवस्था सोचमा रहेका थिए । यदि कांग्रेसको पार्टी कार्यालयमा आगजनी भएको भए त्यसले कुन भयावह अवस्था सिर्जना हुने थियो कल्पना पनि गर्न सकिदैन ।
तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाई मैल पत्रकारिता गरेको साँढे दुई दशक भन्दा बढी वितिसकेको छ । यो बीचमा माओवादी सशस्त्र युद्धमा प्राण हत्केलामा राखेर पत्रकारिता गरेको अनुभव म संग रहेको छ । द्धन्द्धकालमा दमौलीको मुख्यचोकमा माओवादीले प्रहरीलाई आक्रमण गर्दा प्रत्यक्ष भिडियो खिच्ने देखि जनआन्दोलन भाग २ का क्रममा आन्दोलनको अग्रपंक्तिमा रहि रिपोटिङ गरेका थुप्रै अनुभवहरु मसँग रहेका छन् ।त्यो अवधिमा थुप्रै डर धम्की र त्रास सामना गर्नु परेको थियो ।त्यस्तै समाजमा रहेका विकृति र विसंगति विरुद्ध कलम चलाउँदा समेत थुप्रै किसिमका पटक—पटक ज्यानै लिने सम्मका धम्की आउने गर्दथे । ति घटनाबाट समेत म विचलित भएको थिइन् र हुनेपनि छैन । तसर्थ पछिल्लो पटक जेनजीले आव्हान गरेको आन्दालनका क्रममा जेनजीसँग सम्बन्ध नरहेका व्यक्तिहरुले गरेको व्यवहारको मैले हाँसी— हाँसी सामना गरेको थिए ।
वि.स.२०४६ सालमा परिवर्तनको आन्दोलन हुँदामा म ९ बर्षको थियो ।त्यतिबेला नेपाली कांग्रेस र वामपन्थी शक्तिहरुले आव्हान गरेको आन्दोलनमा सहभागी हुने अवसर मिलेको थिए । २०४६ सालको परिवर्तन पछि भएको विजयी रयालीमा प्रत्यक्ष रुपमा सहभागी हुने सौभाग्य मलाई मिलेको थियो ।त्यसपछि विद्यालय तहमा नेपाल विद्यार्थी संघ निर्मल मा.वि.को इकाई अध्यक्ष ,पृथ्वीनारायण क्याम्पस इकाई सदस्य ,नेपाल प्रेस युनियन र पत्रकार महासंघ तनहुँको अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थामा लोकतान्त्रिक धारको पक्षबाट प्रतिनिधित्व गर्दै आईरहेको छु । जुन विषय प्रति मलाई गौरवको अनुभूति पनि भईरहेको छ ।
मानिस सधै एउटा स्थानमा उभिई रहन सक्दैन ।लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध भएको म पछिल्लो समय कांग्रेस पार्टीको राजनीतिमा समेत आवद्ध छु । कांग्रेस पार्टीको राजनीतिमा आवद्ध हुँदै गर्दा पत्रकारिता क्षेत्र भित्र र बाहिरका व्यक्तिहरुलाई प्रश्न गर्ने ठाउँ सिर्जना हुन पुगेका छन् ।जुन विषय मलाई राम्रोसँग जानकारी छ । तर यत्ति हो कि मैले पत्रकारिताको धर्म बिर्सिएको छैन । जसले मलाई कांग्रेसको झोलेको संज्ञा दिईरहेका छन् उनीहरुलाई म के भन्न चाहन्छु भने अहिले जेनजीले मुलुकमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने , दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नहुने ,प्रदेश संरचना खारेजी गर्नु पर्ने , स्थानीय तहमा कार्यकारी पदमा एक पटक भन्दा बढी हुन नहुने ,वैदिक सनातन हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने लगायतका मागहरु पार्टी भित्र सशक्त ढंगले उठाउँदै आईरहेको छु । मैले पार्टी भित्र उठाएको माग जेनजीले उठाउँदा परिवर्तनको संवाहक हुने म चाहि झोले हुने । अन्तमा के भन्न चाहन्छु भने हो लोकतन्त्रको पक्षमा कलम चलाउने म झोले नै हो ।