नगर खेलकुद समिती, को आयोजनामा वडा स्तरीय दोश्रो मेयर कप भलिवल प्रतियोगिता २०८२ शुरु भएको छ । व्यास नगरपालिका नगर खेलकुद समितीको आयोजनामा व्यास नगरपालिकाका १४ वटा वडा भित्रका भलिवल खेलाडीहरुले प्रतिष्पर्धा गर्ने खेल आज र भोलि सम्म हुनेछ ।

भलिवल प्रतियोगिताको उद्घाटन गर्दे प्रमुख अतिथी जिल्ला समन्वय समिती तनहुँका सभापति शान्तिरमण वाग्लेले खेलकुदको आयोजनाले खेलाडीलाई अनुशासित वनाउने वताए । स्वास्थ्यका लागी खेलकुद अपरिहार्य भएको हुदाँ खेलकुदका माध्यामवाट देशलाई नै चिनाउन सकिने हुदाँ खेलप्रति अभिरुची राख्न यस्ता कार्यक्रमले सहयोग गर्ने उनले वताए । भलिवल प्रतियोगिताले खेलाडी भाई वहिनीहरुको वृत्ति विकास समेत हुदाँ अनुशासित भएर खेल्न उनले आग्रह गरे । खेलकुदका संरक्षणका लागी सम्वन्धित निकाय समेत चनाखो वन्नुपर्ने उनले वताए ।

यसैगरि कार्यक्रमका अध्यक्ष वडा नं ६ का वडाध्यक्ष कुमार गुरुङले नगर खेलकुद समितीले विगतमा पनि विभिन्न कार्यक्रम गर्दे आईरहेको वताए । खेलकुदका माध्यामवाट युवा खेलाडीहरुलाई खेलमा प्रेरित गर्न लागिएको र पछि भलिवल प्रतियोगितालाई पालिकास्तरमा पनि गरिने जानकारी गुरुङले वताए ।

भलिवल प्रतियोगितामा प्रथम हुने समुहलाई ५० हजार, दोश्रो हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २० हजार नगद सहित प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।








