समृद्ध भिमादको आधार, आर्थिक, समाजिक विकास र दिगो पुर्वाधार लाई आत्मासात गर्दे आएको भीमाद नगरपालिकाको आर्थिक वर्ष ०८२।०८३ को प्रथम चौमासिकमा सम्पादित कार्यक्रम र सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख शारदा खनालले कार्यक्रममा सहभागीहरु स्वागत गरेका थिए । स्वागत मन्तव्य राख्दै उपप्रमुख खनालले नगरपालिकामा भएको प्रथम चौमासिक अवधिमा नगरपालिकावाट भएका काम कारवाहीको वारेमा आम जनतालाई जानकारी दिने र जनताको आम समस्या सुन्ने थलोको रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जनताहरुले नगरपालिकाले सुशासनको क्षेत्रमा काम गर्न नसकेको, खेलकुदमा जोड नदिएको, वसपार्क लाई व्यवस्थापन गर्न नसकेको, फोहर व्यवस्थापन गर्न नसकेको, अस्पतालको निर्माणमा ध्यान नदिईएको, वोडिङ संचालकले विद्यार्थी तथा अभिभावकलाई गरिएको ज्यादती रोक्न भुमिका खेल्न नसकेको जस्ता विषयमा नगरपालिकाका ध्यानाकर्षण गराएका थिए । सडक वत्तिको मर्मत तथा कर्मचारीले आम जनतालाई दुख दिने गरेको, सडकको जताभावी पार्किङमा कडाई गर्न नसकेको विषयमा प्रश्न राखेका थिए । नगरपालिकाका कर्मचारीले सवारी साधनको दुरुपयोग गर्दा समेत नगरपालिकाले कारवाही गर्न नसकेको, राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पालिकाले कुनै उपलव्धी हासिल गर्न नसकेको विषयमा नगरप्रमुख सँग जवाफ मागेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले यस अवधिमा नगरपालिकावाट भएका कामका वारेमा उपस्थित महानुभावहरुलाई जानकारी गराएका थिए । नगरपालिकाले वित्तिय सुशासन जोखिम मुल्यांकन एफआरए मा पालिका जिल्लाकै उत्कृष्ट पालिका भएको वताए । पालिकाले यस अवधिमा कृषि औजार वितरण, दुग्ध उत्पादन गर्ने कृषकका लागि उत्पादनका आधारमा प्रोत्साहन कार्यक्रम सुरुवात । दुधमा प्रतिलिटर १० रुपैया दिने व्यवस्था गरेको वताए ।

सो कार्यक्रममा नगरप्रमुख दधिराज सुवेदीले पशु आहार संरक्षणका लागि साईलेजका व्यवस्था, किसानका लागि भैसीको पाडी सहयोग, मौरी पालन व्यवसायमा प्रर्वद्धन, सुन्तलापकेट क्षेत्र घोषणा गरि उत्पादनमा वृद्धि गरिएको जस्ता कार्यक्रम लागु गरिएको वताए । त्यसैगरि अकवरे ुखसानी खेतीलाई प्रवद्र्धन, पर्यटन प्रर्वधन, कृषि क्षेत्र वर्गिकरण, राङरुङलाई कोदा, आस्पाक्दीलाई सुन्तला पकेट क्षेत्र घोषणा गरि कृषकको आयआर्जन वृद्धि गर्न भुमिका खेलिएको वताए ।

नगरपालिकाले विशेष गरि कृषिमा जोड दिईएको आलु पकेट क्षेत्र विस्तारका लागि वीउमा अनुदान, उन्नत जातका विउ विजन वितरण गरि फलफुल तथा तरकारी उत्पादनमा वृद्धि गरिएको, स्वास्थ्य समवनिध् जनचेतना, गुणस्तर शिक्षाका लागि शिक्षकलाई विभिन्न तालिम प्रदान, शवदहको निर्माण लगायतको काम गरिएको वताए ।

त्यसैगरि भिमाद वडा नं १ को डुम्रेवेशीमा पुल निर्माण, वडा नं २ को वडुवाखोलामा पुल निर्माण र लोकतानित्रक मोटरमार्गको कालोपत्रेको काम शुरुवात गरिएको, वडा नं ४ को भिमगुफा मोटरमार्ग हिउद, वर्खावाह्रैमास सवारीसाधन संचालन हुने गरि स्तरउन्नतीको योजना ल्याइएको, ओन्टाङ खोलामा पुल निर्माण शुरु गरिएको, श्रङपथमा पर्ने वडुवा खोलामा पुल निर्माणाधिन रहेको, कृषि उत्पादन प्रोत्साहन कार्यक्रम, पशुपालन क्षेत्र विस्तारको लागि आहार व्यवस्थापन गर्न घाँस विकास कार्यक्रममा जोड दिईएको, छात्रवृत्तिको व्यवस्था गरिएको वताए ।

नगरपालिकाले विभिन्न जनमुखी काम गर्न खोजेता पनि विभिन्न वाधा अड्चन आएको हुदाँ स्थानिय वासिन्दाको साथ र सहयोगले नै नगरको विकास गर्न सकिने नगर प्रमुख सुवेदीले वताए । भौतिक संरचना निर्माण, वाटो घाटो पुल पुलेसोमा नगरपालिकाले काम गरेको भएता पनि ठेकेदार कम्पनिले समयमा काम गर्न नसक्दा परिणाम नदेखिएको वताए । संघिय र प्रदेशको आयोजनमा नगरपालिकाले केही नसक्ने हुदाँ विभिन्न योजना समयमा सम्पन्न हुन नसकेको उनले वताए ।

सो अवसरमा भिमाद नगरपालिका वडा नं १ का वडाध्यक्ष दिपक आले, २ का वडाध्यक्ष दिनेश कुमार थापा, ४ का वडाध्यक्ष रामकृष्ण राना, ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, ९ का वडाध्यक्ष रन वहादुर थापाले सहभागीहरुले सोधेका प्रश्नका जवाफ दिएका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी विश्ववन्धु भण्डारी, पालिकाका उपसचिव सन्दिप पौडेल, रास्वपा भीमादका अध्यक्ष हरि लम्साल, जनजेति क्यापसका प्रमुख केशवराज काफले लगायतले धारणा राखेका थिए ।

पालिका भित्रका टोलविकास संस्थाको अध्यक्षहरु, आमा समुह, क्लवका अध्यक्ष, अगुवा किसानहरु लगायत स्थानिय वासिन्दाको सहभागी रहेको सार्वजनिक सुनुवाई कार्यक्रमको संयोजन देवघाट मल्टिमिडिया प्रा.लिले गरेको थियो भने कार्यक्रम संचालन प्रेम प्रसाद पौडेलले गरेका थिए ।








