चापाघाटको किराना पसलमा चोरी (तस्विरहरु सहित)

व्यास–५, चापाघाटको संगमटोलमा गएराती चोरी भएको छ । संगम टोलमा रहेको रेशमलाल श्रेष्ठले संचालन गरेको किराना पसल फोडेर चोरले चोरी गरेका हुन् । पसल रहेको सटरको दाँयापट्टि रहेको झयालमा रहेको ग्रिल फोडेर पसलको गोदामवाट ९० हजार वरावरको सुर्य, पाईलट, शिखर लगायतका चुरोट, १५०० वरावरको नगद र सहकारीको पास वुक लगेको पसलका संचालक रेशमलाल श्रेष्ठले वताए ।

चोरले घरको झयालमा रहेको ग्रिल झिकिएको स्थान


राती सवै सुतिसकेपछि झयालको ग्रिल र २ वटा ढोका फोडेर चोरी गरेको श्रेष्ठले वताए । दशैको चाडपर्वको अवसर पारेर घरको झयाल, ढोका नै फोडेर चोरी भएपछि स्थानिय त्रसित वनेका छन् ।

२ वटा ढोकामा लगाईएको ताल्चा फोडिएको


यसअघि पनि चापाघाट क्षेत्रमा नै स्कुटर, मोटरसाईकल, सुन चोरी भएता पनि प्रहरी प्रशासन वाट सकेको सहयोग नहुदाँ र चोरको पहिचान हुन नसक्दा चोरको झन मनोवल वढेको हुन सक्ने स्थानियले वताए ।

झयालमा लगाईएको ग्रिल

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.