दमौली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) गण्डकी प्रदेश द्धारा आम निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष निर्र्वाचन सवैको सरोकार भन्ने मुल मर्मको साथ पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ईन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा ईन्सेकका प्रदेश संयोजक सवनम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सोनी शर्मा, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश संयोजक शिव खकुरेलले ईन्सेकले देशभरि ८०० जना अनुगमन र पर्यवेक्षण खटाईएको वताउनुभयो । गण्डकी प्रदेशमा मात्र ७६ जना पर्यवेक्षक रहेको र त्यसमध्ये तनहुँमा ८ जना प्रतिनिधीले आम निर्वाचनको अनुगमन र पर्यवेक्षण गर्ने जानकारी दिनुभयो ।
ईन्सेकले गरेको ३ चरणको अनुगमनमा गण्डकी प्र्रदेशमा निर्वाचन कार्यलयले जारी गरेको आँचारसहिताको अनुगमन गरेको हो । सो क्रममा ईन्सेक प्रतिनिधीहरु निर्वाचन कार्यलय, कारागार कार्यलय र प्रशाशनमा गएर आचारसहिताको वारेमा अनुगमन गरेको संयोजक खकुरेलले जानकारी दिए ।
अनुगमनको क्रममा वैशाखमा भएको स्थानियतहको निर्वाचनमा भन्दा अव हुने आम निर्वाचनमा आचारसहिता कडाईको साथ लागु भएको पाईएको वताए । उम्मेदवारको प्रचारप्रसारमा पनि संयमता, सवारी साधनको प्रयोगमा पनि आचारसहिता भित्र रहेर गरेको पाईएको वताए । साथै निर्वाचनको तैयारी, कर्मचारीको व्यवस्थापन, सुरक्षा, मतदान स्थलको अनुगमन गर्दा सन्तोषजनक पाईएको वताए ।
यसैगरि अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सोनी शर्माले विगतको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा आचारसहिता पालन भएको वताए । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलले निर्वाचनमा देखिएको कार्यशैलीले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने विश्वास व्यक्त गरे । जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा सहभागी पत्रकारहरुले आफनो धारणा राखेका थिए ।








