१६० स्थानको माटोको नमुना परिक्षण

म्याग्दे गाँउपालिका कृषि शाखाको आयोजनामा भएको निशुल्क माटो परिक्षण शिविरमा १६० स्थानको माटाको परिक्षण भएको छ । नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सँगको समन्वयमा गरिएको निशुल्क माटो परिक्षण शिविरमा पालिकाको सातै वडाको माटो परिक्षण गरिएको थियो ।


पालिकाको कृषि शाखाको आर्थिक वर्ष ०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत माटो तथा मल परिक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा गरिएको निशुल्क माटो परिक्षणमा ६० वटा नमुना माटोको रिपोर्ट आईसकेको छ भने १०० माटोको नमुना भने माटो तथा मल परिक्षण प्रयोगशाला पोखरामा परिक्षण भईरहेको कृषि शाखाका प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो ।


रिपोर्टवाट म्याग्दे गाँउपालिकाको अधिकांश माटोमा पोटासको मात्रा कम रहेको, अरु खाद्यय तत्व नाईट्रोजन र पस्फोरसको मात्रा भने मध्यम पाईएको छ । माटोको परिक्षण माटो विज्ञ उमेश सापकोटा, खुवराज वराल, प्राविधिक सहायक सरास्वती वास्तोलाले माटोको परिक्षण गरेको थियो ।


जथाभावी रसायनिक मलको प्रयोग तथा चाहिने भन्दा कम प्रयोग गर्नाले वालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुदाँ यसको सन्तुलित प्रयोग कसरी गर्न सकिन्छ भन्ने हेतु माटो परिक्षण गरिएको हो । किसानलाई आफनो खेत वारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्यतत्व पुगेको छ या छैन, माटो अम्लिय वा क्षारिय छ भन्ने कुराको शिविरमा माटोको नमुना परिक्षणवाट रिपोर्ट प्राप्त भईसकेपछि कृषकलाई जानकारी गराईने पालिकाले जनाएको छ ।
निशुल्क माटो शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, वडा नं ७ का वडाध्यक्ष वसन्त श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.