तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले परिवर्तनको सहि छनौट गर्न नसक्दा देशमा समस्या आएको वताउनुभयो । देशमा परिवर्तन सम्भव भएको तर परिवर्तनको छनौट सहि नहुँदा देशमा अराजकताको अवस्था सृजना भएको छ । नेपाली काग्रेस लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्ने भएको हुदाँ अविचलित रुपमा लोकतन्त्रका लागी लडेको समेत भट्टराईले वताए ।
पार्टीभित्र अराजकताले प्रशय पाएको हुदाँ त्यसले दीर्घकालिन असर पारेको छ । म अनवरत रुपमा जिल्ला र क्षेत्रमा क्रियाशिल छु । पार्टी काममा खटेको छु तर केही साथीहरु अवसर मात्र खोज्ने तर केही नगर्ने प्रवृत्ति हावी हुदाँ त्यसले अराजकता निम्त्याएको छ, भट्टराईले भने ।
आफु स्वभाविक रुपमा जितको नजिक रहेको हुदाँ जनताको विकास नै आफनो जित्ने आधार भएको वताए । गठवन्धनको साझा उम्मेदवार हुँ, राष्ट्रपति रामचन्द्र पौडेलले जितेर गईसकेपछि त्यसको विराशत स्वभाविक रुपमा आफुमा आएको वहाँको दावी थियो ।
घण्टीको उम्मेदवार प्रति लक्षित गर्दे भट्टराईले घण्टी मन्दिरमा मात्र पुजा गर्न आवश्यक हुने वताए । विना उद्येश्य र लक्ष्यका साथ उदाएको घण्टीले देशमा परिवर्तन गर्न सक्दैन । तसर्थ घण्टी मन्दिरमा मात्र उपर्युक्त हुन्छ, भट्टराईले भने । नेपाली काग्रेसमा विमति राख्ने केही साथीहरुले समेत आफुलाई सहयोग गर्ने हुदाँ आफनो जित सुनिश्चित भएको भट्टराईले दावी गरे ।
गठवन्धन कहिलेम्म भन्ने विषयमा भट्टराईले देशको आवश्यकता भएको वताए । गठवन्धन चुनाव अघि कि चुनाव पछि भन्ने कुरा मात्र हो । देशको संवैधानिक व्यवस्थाले नै गठवन्धनलाई अंगिकार गरेको हुदाँ अर्को चुनावमा नेपाली काग्रेस एक्लै लड्ने समेत भट्टराईले वताए ।








