जनताको भावना वुझेको छु – सर्वेन्द्र खनाल

तनहुँ क्षेत्र नं १ का उम्मेदवार सर्वेन्द्र खनालले आफुले जनताको समस्या र भावना नजिकवाट वुझेको वताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फवाट तनहुँ क्षेत्र नं १ मा उम्मेदवार दिनुभएको खनालले प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताको सेवा गरेको समेत वताउनुभयो ।
प्रहरी सेवामा रहेर लामो समय काम गर्दे प्रहरीको प्रमुख सम्म हुदाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताको सेवामा काम गरेको छु । जुन जहाँ जिम्मेवारीमा रहे, त्यहाँ कुशलतापुर्वक जिम्मेवारी वहन गरेको हुदाँ अव देशको सेवााको लागी आफनै क्षेत्रवाट उम्मेदवारी दिएको वताए । प्रहरी सेवामा रहेर देश र जनताको पक्षमा ठुलो ठुलो जिम्मेवारी वहन गरेको हुदाँ समस्याको पहिचान गरेर समाधान गर्ने खुवी आफुमा भएको समेत वहाँले वताए ।
देशको राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र रक्षा नेकपा एमालेले मात्र गर्न सक्ने हुदाँ एमालेमात्र देशको एकमात्र शक्ति भएको समेत खनालले वताए । देशको अस्तित्वरक्षाको लागी एमालेले जित्नुपर्ने हुदाँ सम्पुर्ण जनताहरु एकजुट हुनुपर्ने समेत खनालले वताए ।
म जनतावाट कहिल्यै टाढा रहिन । प्रहरी सेवामा रहदाँ पनि आफनो क्षेत्र र जिल्लामा विशेष योगदान गरेको छु । त्यो वेला पुर्ण रुपमा खुल्न नसकिए पनि अव राजनितीवाट समाज रुपान्तरणका लागी आफनो उम्मेदवारी दिएको छु । राजनितीमा रहेर पुर्णकालिन नभएता पनि आफनो जिल्ला र क्षेत्रको विकासमा सकेको सहयोग गरेको सर्वेन्द्र खनालले वताए । देश वनाउन सकिन्छ, त्यसका लागी आत्माविश्वासको खाँचो छ, त्यो आत्माविश्वास आफुमा रहेको दावी समेत गरे ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.