प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ)ले परियोजनाको जानकारी अलैची मौरीबाली बस्तुको मूल्यश्रृङ्खला विकास सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको बुधबार जिल्ला समन्वय समितिको हलमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख गुरुङले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ)ले अलैची उत्पादन क्षेत्रमा राम्रो कार्य गरेको बताउदै सरकारसंग समन्वय गरी आगमी कार्यहरु गर्नुपर्ने बताउनुभयो ।

जिल्लामा अलैची खेतीका लागि उपयुक्त स्थान हुनुका साथै हावापानी पनि राम्रो भएकाले लमजुङमा अलैची व्यवसायीहरुको भविष्य राम्रो रहेकोे बताउनुभयो । अलैची खेतीलाई अझै व्यवस्थीत र गुणस्तर गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ) का प्रमुख अजय अधिकारी, ईकाईका कृषि अधिकृत हरि मिजार, दाङका मौरी विज्ञ मादव केसी, नेपाल अलैची जोन गण्डकी प्रदेशका संयोजक अजय तामाङ, अलैची जोन लमजुङका संयोजक सोमराज तामाङ, अलैची व्यवसायी सेतीमाया तामाङलगायतले कार्यपत्र प्रस्तुत तथा प्रवचन दिनुभएको थियो ।

उहाँहरुले परियोजना तथा कार्यपत्र प्रस्तुत, परियोजना कार्यान्वयन प्रकृया, मौरीको नश्ल सुधार तथा प्रजनन सम्बन्धी, मौरी आहारा व्यवस्थापन, मौरीको तथ्याङ्क तथा बस्तुस्थिति, कार्यालयको हालसम्मको प्रगति, बजारीकरणको समस्या, अलैची कृषकस्तरमा रहेको समस्यालगायतको बारेमा जानकारी तथा प्रवचन दिनुभएको थियो । परियोजना बारे जानकारी गराई प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्ने मौरी तथा अलैचीको मूल्य श्रृङ्खलामा भूमिका निर्वाह गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको परियोजना ईकाई प्रमुख अजय अधिकारीले बताउनभयो । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ) का प्रमुख अजय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितिलाई ईकाईका नायव प्राविधिक साहायाक अस्मिता ढकालले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ईकाईका कृषि अधिकृत हरि मिजारले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि,सरोकारवालासहित ९० जनाको उपस्थिति रहेको थियो ।












