म्याग्दे गाँउपालिकाद्धारा कृषकलाई निशुल्क माछाभुरा वितरण (फोटोफिचर)

म्याग्दे गाँउपालिकाले पालिका भित्रका कृषकलाई निशुल्क रुपमा माछाको भुरा वितरण गरेको छ । पाालिकाको पशु सेवा शाखाको आव ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकको माग संकलन गरि माछाको भुरा वितरण गरिएको हो ।
माछाको भुरा वितरण गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई आत्मनिर्भर वनाउन माछापालन सहयोगी हुने वताउनुभयो । पालिका भित्रका कृषकलाई आय आर्जनमा वृद्धि गर्न, आर्थिक रुपमा सवल र सक्षम वनाउनका लागी व्यवासायिक खेती र कृषिमा जोड दिईएको हुदाँ पालिकाको कदममा सहयोग गर्न अनुरोध गर्नुभयो ।


यसैगरि कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले कृषकलाई आत्मानिर्भर वनाउनका लागी पालिकाद्धार वितरण गरिएको अनुदानको सहि सदुपयोग हुनुपर्ने वताउनुभयो । अनुदानमा वितरण गरिएको माछाभुराको उचित संरक्षण गरेर यसवाट मनग्गे आम्दानी हुने हुदाँ यसको सदुपयोगमा ध्यान दिनुपर्ने वताए ।


पालिका भित्रका सम्पुर्ण वडाका कृषकलाई वितरण गरिएको माछाका भुराहरु ओम वहादुर आले, कृष्ण थापा, विजु आले, देविका थापा, प्रेमलता शाही, शेर वहादुर गुरुङ्ग, ताल वहादुर आले, मदिमाया राना,ओम राज गोतामे, जगत वहादुर थापा, फविसरा थापा, सोम कुमार श्रेष्ठ, टोप प्रसाद थापा, भिम कुमारी राना, सनिमाया थापा, देव वहादुर विश्वकर्मा, अच्युत राज काफले, धुव्र वाग्ले, वलिसरा राना, दुर्गा माया घर्ति, भक्त वहादुर गुरुङ्ग र हिम नारायण कायस्थलाई वितरण गरिएको हो । २१ जना कृषकलाई वितरण गरिएको माछाको भुरा ६० हजार थान वितरण गरिएको पालिकाले जनाएकोछ ।


कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ पशु शाखाका प्रमुख डा विनय शाह लगायतले यसको महत्व र उद्येश्यका वारेमा प्रकाश पारेका थिए । माछाको भुरा नेपाल कृषि अनुसन्धान केन्द्र वेगनास, पोखरावाट खरिद गरिएको हो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.