म्याग्दे गाँउपालिकाले आगामी आर्थिक वर्ष देखि पढ्दै कमाउदै कार्यक्रम लागु गर्ने जनाएको छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई उत्पादनसँग, उत्पादनलाई वजारसँग जोडनका लागी सघसँगको सहकार्यमा पढ्दै कमाउदै कार्यक्रममा जोड दिईने निती तथा कार्यक्रममा रहेको छ । सामुदायिक निजि विद्यालय सहकार्य कार्यक्रममा जोड दिईनेछ । यसैगरि गाउपालिका अन्तरगत संचालित सामुदायिक सिकाई केनद्रलाई सशक्त र प्रभावकारी वनाउने निति अवलम्वन गरिने पालिकाले जनाएको छ ।
यसैगरि पालिकाले एक विद्यालय एक कम्पयुटर अभियान संचालन गरिने, शैक्षिक गुणस्तरको मापन गरि दण्ड तथा पुरस्कारको निति अवलम्वन गरिनेछ । स्यानीटारी प्याडको प्रयोगलाई थपप्रभावकारी एवं व्यवस्थित गर्नका लागी स्यानीटयारी प्याड भेन्डिङ्ग मेशिन खरिद अभियान संचालन गरिने जनाएको छ ।
न्युन शिक्षक दरवन्दी भएका विद्यालयहरु लाई शिक्षण सहयोग अनुदान दिने व्यवस्था अवलम्वन गरिनेछ । प्रारम्भिक वालविकासको सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई दिदै आएको थप अनुदानलाई निरन्तरता दिईनेछ ।
शिक्षा क्षेत्रलाई थप प्रभावकारी वनाउनका लागि शिक्षा क्षेत्रका विज्ञहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिनेछ । सामुदायिक विद्यालयवाट एसईई परिक्षमा ए प्लस ल्याउने र १२ मा उत्कृष्ठ नतिजा ल्याउने एक छात्र, एक छात्रालाई नगद पुरस्कार प्रदान गरिनेछ । कृषि तथा पशु प्राविधिक शिक्षा अध्ययन गर्ने गाँउपालिका भित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
साथै संघिय सरकारवाट विद्यार्थीहरुका लागि प्राप्त दिवा खाजा अपुग रकम पालिकावाट प्रदान गरिने पालिकाले जनाएको छ ।








