भगवान (बिबि) राज श्रेष्ठ
वर्तमान विगत वन्दै गर्दा र भविश्य पनि वर्तमान हुदै विगतको दिशा तर्फ उन्मुख वनिरहँदा यो क्षणको तत्ववोधले सोधिरहन्छ, यस वीचमा पुन निरर्थक समय त गुज्रिएनन् ? समयको यति धेरै वोधत्व विगत देखि नै हो । यद्यापी समयको उचित प्रयोग गर्न नसक्दा थप प्रश्नको चाङ वढिरहेको छ ।
प्राप्तीमा जीवन सफल सोच्नेहरुको भीडमा नै कतै हराउँछु कि जस्तो । वितेका र वर्तमान पलको यर्थावोधले सोधेता पनि भिन्न हुन सकेन । सोच्नु र गर्नुको वीचमा लामो तादात्म्यता हुँदो रहेछ । सोचले विषयवस्तुको वोध गराउन सहयोग गरेता पनि कार्यन्वयन भने टाढाको पाटो रहेछ । विगतका पुनरावृत्ति मस्तिष्कमा घुमिरहँदा सच्चिन र सच्चाउने पर्ने विषयमा माथापच्ची मच्चिरहदाँ त्यसले पुर्णता नपाँउदा वर्तमान विगतमा वद्लिईरहेछ । जुन फेरि पुनरावृत्तिको थप श्रृखला वनिरह्यो ।
फेरि उहि निरन्तरतामा पलहरु दौडिरहे । मस्तिष्कमा घुम्ने सोचहरु पनि विगतको वारम्वार प्रतिक वनिरहँदा थप पेचिलो वनिदियो । झाँगिएको लम्वेतान श्रृखलाहरुले मडारिएको वादल माड्ने अथक प्रयासमा सफल हुन सकेन । सायद यो नै समयको चक्र थियो, क्यारे जुन समयमा गर्नुपर्ने अथाह कर्तव्यहरु पुरा गर्न उचित सम्मा सकिएन ।
सधै हिड्ने वाटो पनि गहुङ्गो वनेको छ । लाग्दो हो धर्ति पनि यी पाईलाहरु थेग्न ईच्छुक छैन । विना उपलप्व्धीको पाईलाहरु पनि धर्तिलाई वोझ भएको जस्तो । सुर्योदय र सुर्यास्त देख्दा समान र उस्तै देखियता पनि त्यसमा अलौकिक भिन्नता रहेछ । जुन भिन्नतालाई समान देख्नेहरुको भीडमा हराँउदै जीवनका अमुल्य पलहरु वितिरहे । धर्तिमा देखिने अविच्छिन्न भौतिकवादमा जव सोच र मस्तिष्क वन्धक वन्दछ, ह्दयको पुकारहरु अन्यायमा पर्दोरहेछ । यहि अन्यायको वीचमा भएको ह्दयात्मक द्धन्द्धमा सवै जीवन निरीह वनिदियो । यहि निरीहतामा घिस्रिएको जीवनमा विगतको पुनरावृत्ति पीडाको पहाड वनिदियो ।
जीवनको आरोह अवरोह पनि समयको पलसँगै अनियन्त्रित वन्दो रहेछ । सधै उस्तै लाग्ने पलहरु आज पृथक लागेको छ । सम्भावनाको पलमा असम्भवको चित्र नदेखेको सोचमा आज विर्को लागेको छ । पक्कै पनि उन्मादको त्यो प्यासमा पल र उमेरको तादात्म्यता मिलाउने सोचको कहिल्यै किन विकास भएन ? उपलव्धीविहिन पलहरुले घर गरिरहदाँ भविश्यको सोचमा कहिल्यै किन जरो गाडेन ? चिन्तनको यो परिधिमा देखिएको असमान्य खाडलको पुर्ति सायद अव सम्भव नहोला । विगतको पुनरावृत्ति सायद कमैमा होला, कमै भित्रको पात्रमा जुर्मराउने तत्व आफैमा देखिदाँ ग्लानीवाधले साँच्चै नै असहज हुने रहेछ ।
वगेको नदिमा समेत असमानताको प्रश्न मडारिरहँदा त्यसले ल्याउने पराकम्पले नयन, मस्तिष्क हुदै कोमल आत्मा गहिरो चोट दिने रहेछ । लाग्दैछ, फेरि फर्केर आउँदैछ, तर त्यो कल्पना भन्दा पृथक हुन सकेन । निरन्तर वगेको छालजस्तै, अनेकन अवस्थामा तौरिदै, उत्रदै र डुव्दै विना गन्तव्य अस्तित्व रक्षामा लाग्दा गुमेका क्रियाशिलता शुन्यमा भएजस्तो, शुन्यता नै मिठासपुर्ण लाग्दो रहेछ । एकान्तमा सुस्ताएको पुष्पमा पनि असमानता देखिरहेछ । वायुमण्डलको त्यो क्रियाले कहिले सुस्तरी त कहिले वेस्सरी प्रतिप्रहार गरिहेछ । त्यसको अवगत पुष्पमा देखिएको भौतिक हलचलले पुष्टि गरिरहेछ । संसारको सवैमा प्रहार र प्रतिप्रहार निरन्तरको खेल रहेछ । कहिले झुलिरहेने पलहरु त कहिले अस्तित्वरक्षाका लागि गरिने अडिगता ।
वर्तमान विगत वन्दै गर्दा र भविश्य पनि वर्तमान हुदै विगतको दिशा तर्फ उन्मुख वनिरहँदा यो क्षणको तत्ववोधले सोधिरहन्छ, यस वीचमा पुन निरर्थक समय त गुज्रिएनन् ? समयको यति धेरै वोधत्व विगत देखि नै हो ।
लामो समयदेखि देखिदै आएको पात्र देखिन छाडेको छ । लाग्दथ्यो सवै उसैको हो । उ विना संसार नै नचल्ने जस्तो । यस्तो सोचले मस्तिष्कमा घर गरेपछि सधै समान लाग्ने सोच व्याप्त नै हुने रहेछ । कमजोरीको मुख्य विषय नै यहि रहेछ ।
विगतको पुनरावृत्ति पनि निश्चित अवधिमा नै हटाईदिन पाए पनि हुने नि ! जसले वर्तमानमा वाँच्न दिदैन, विगतलाई सच्चाउन सकिदैन, मात्र भविश्य नै अन्धकार वनाईदिन्छ । साँच्चै यस्तो आभास क कसलाई होला ?
फुलेको कपाल, चाउरिएको गलाँ र धुमिल देखिने आँखाका वीचमा भएको विगतको पुनरावृत्तिले कहिले छोड्ला ? आफैमा हुने हीनतावोध र ग्लानीले जीवन कहिलेसम्म रहला ? पृथकता खोज्ने, पहिचान र उपलव्धतामा जीवन सोच्ने सोचले अन्तत महत्वकांक्षाको भारीले कहिल्यै उठ्न नसक्ने गरि वजारियो । कहिलेकाही त लाँग्दछ, यो पल नै रोकौ, जहाँवाट शिथिल जीवनमा उमंग छरौ, तर त्यो त केही समयको दिवासपना मात्र वनिदियो । आत्मानुभतिले यथार्थवोध गराँएता पनि जुर्मराएको ईच्छाशक्ति केही पलमा नै धुलिसात वनिदियो । विगतको जस्तो महत्वकांक्षाको उन्माद जस्तो थिएन । शिथिलताको पहाडले पाईला नै नचालु जस्तै ।
अवशेषको परिभाषा पनि कस्तो ? कहिल्यै शेष नहुने । मस्तिष्कमा पुनरावृत्ति भईरहने । हरेक कुरा अर्थहीन र गतिहिन । टाल्दा टाल्दै नसकिने प्वालहरुले कति समय नयाँ पुस्ताहरुलाई पिरोल्ने होला ? दिनको प्रकाशमा पनि असमानता देख्ने सोचको हावी भएपछि पीडा स्वभाविक हुने रहेछ । देखिने मुहारमा पनि अस्पष्टता, अनुहारको भावले सिङ्गो जीवन नै चित्रण गरिदियो । लाग्दछ, त्यो अनुहार नै सिंगो सृष्टि हो । जहाँ सम्पुर्णता पाईन्छ । त्यही गन्तव्य, त्यही वाटो, वाटोमा देखिएको धुलोले पनि प्रश्न सोधेजस्तो । गिज्जाईरहे जस्तो । हिजो देखिएको पात्र, नदेखिदाँ असंख्या प्रश्नहरु तेस्रिरह्यो । लाग्दयो सधै देखिरह्ु जस्तो, नियतीको अगाडी लाचार हुनुको विकल्प रहेनछ । त्यहि विकल्पविहीन यात्राको यात्रु वनेर खिया लागेको लगेसेको आड लिएर कुटीतर्फ अनवरत रुपमा पाईलाहरु लम्किरहे ।
सत्यता भित्र पनि अनुकुलन खोज्ने सोचहरु जीवनका सवैभन्दा घातक रहेछ । वुझाईको अस्पष्टतामा पुर्णता खोज्ने सोचहरु निर्लज्जताका साथ पल पल प्रकट वनिरहे । धिमा गतिमा सुस्ततामा वगेको हावाँले पनि कानमा आएर सोधिदियो, मैले लाचारी प्रकट गरिरहे । लाचारीको पनि हद हुँदो रहेछ, लाचारी नै लजायो ।
भीडको जीवन छाडेर एकान्त नै मिठो लाग्न थालेको छ । मिठासको परिभाषा पनि अनुकुलको खोजिरहेको छु । अनुकुलता खोज्ने क्रममा आईपरेका समस्या भित्र पनि महत्वकांक्षाको पहाड ।
घरको डिलमा आएर कराउन काग पनि हिजोको थिएन, भौतिक रुप र स्वभावमा नै फरक, लाग्दथ्यो, उसले पनि निरन्तरताका अथक प्रयास गरिरहेछ । त्यही अथकताको लाईनमा लामवद्ध वनिरहेछु, जहाँ महत्वकांक्षाको पर्खाल भित्र असंख्या पुरा नहुने पीडा मिश्रित सपनाहरु नयनमा लिपिवद्ध छन् ।








