डिभिजन वन कार्यालय तनहुँद्धारा चालु आर्थिक वर्षको प्रगति समिक्षा

तनहुँ डिभिजन वन कार्यालय तनहुँको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷८० को प्रगति समिक्षा गोष्ठी विहिवार कार्यालयको सभाहलमा गरिएको छ । डिभिजन वन कार्यालय मातहतका ८ सव डिभिजन कार्यालय प्रमुखहरु सहित बार्षिक प्रगति समिक्षा गरिएको हो ।

प्रत्येक सव डिभिजन मातहतका प्रमुखले बार्षिक कार्यक्रमको प्रगती प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा सव डिभिजन वन कार्यालय देवघाट, सव डिभिजन वन कार्यालय बन्दीपुर, सव डिभिजन वन कार्यालय भानु, सव डिभिजन वन कार्यालय व्यास, सव डिभिजन वन कार्यालय म्याग्दे, सव डिभिजन वन कार्यालय शुक्लागण्डकी, सव डिभिजन वन कार्यालय भिमाद रसव डिभिजन वन कार्यालय ऋषिङका सव डिभिजन प्रमुखहरुले कार्यालयले गरेको कामको बारेमा जानकारी गराएका हुन् ।

प्रस्तुतीकरणको क्रममा सव डिभिजन वन कार्यालय प्रमुखहरुले मानव बन्यजन्तु द्धन्द्धको रोकथाम एवं गरिएका कार्यक्रम एवं प्रयास, डडेलो नियन्त्रण, वृक्षरोपण, पार्क निर्माण, पोखरी निर्माण, सव डिभिजनका नसरीको विरुवा वितरण लगायतको बारेमा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले लगायत बन अधिकृतहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले पछिल्लो समय कार्यालयको कार्यक्रमहरु कटौती हुँदै गएको बताए ।

सव डिभिजन वन कार्यालयहरुले पालिकाहरुसंग समन्वय गरेर कामलाई अगाडी बढाउनुपर्नेमा उनको जोड थियो । गरेका कामलाई आम उपभोक्तामा लैजानुपर्ने आवश्यकता समेत रहेको उनले बताए । सामुदायिक वनहरुसंग रकम रहेको र उक्त रकम परिचालन गर्दा तोकिएको शिर्षकमा खर्च गर्नुपर्ने डिभिजन वन कार्यालय प्रमुख काफ्लेको भनाई थियो । उक्त चालु आर्थिक वर्षको बार्षिक प्रगती समिक्षा कार्यक्रमको सहजीकरण वन अधिकृत राजकुमार श्रेष्ठले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.