४५ औ पृष्पलाल स्मृति दिवशमा वृक्षारोपण (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४५ औ स्मृति दिवशमा वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आयोजनामा स्वः पुष्पलालको स्मृतिमा व्यास ४ मा रहेको कालिका जंगल पार्क परिशरमा वृक्षारोपण गरिएको हो ।

संघर्ष समितीको प्रणेताका रुपमा पुष्पलालको योगदानको चर्चा गर्दे वहाँको विचारले नै सम्पुर्ण कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा विकास भएको नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । कम्युनिष्ट र काग्रेसको एकताले नै देशमा प्रजातन्त्रको उदय हुन सक्दछ भन्ने विचार ०३५ सालमा नै स्थापित गरेको पुष्पलालको अभाव अहिले पनि देशमा खड्किएको उनले वताए ।


नेपालको लोकतन्त्र र कम्युनिष्ट आन्दोलन संस्थागत गर्ने नेतृत्वकर्ता पुष्पलालको मार्गदर्शनको उपादेयता झन वढेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तनहुँ ईन्चार्ज तिलक महतले वताए । पंचायती व्यवस्था ढाल्न, प्रजातन्त्र हुदै संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुदै गर्दा पुष्पलालको विचारको महतवपुर्ण भुमिका रहेको ईन्चार्ज तिलक महतले वताए ।


वृक्षारोपण कार्यक्रममा साज, पिपल, धुपी, अशोका, कपुर, म्याङ्गगो स्टीम, टिमुर लगायको विरुवा लगाईएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.