म्याग्दे गाँउपालिका स्तरीय तीज गीत प्रतियोगितामा वेदकाली कृषि समुह प्रथम ।


म्याग्दे गाँउपालिकाको अभियान रैथाने वाली संरक्षण भन्ने नाराको साथ भएको पालिका स्तरीय तीज गीत प्रतियोगिताको प्रथम स्थान वेदकाली कृषि समुहले जितेको छ । म्याग्दे गाँउपालिकाको आयोजनामा भएको तीज गीत प्रतियोगिताको पालिकाका निवर्तमान अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेका थिए ।


पालिका भरका २८ टिमका सहभागी रहेको प्रतियोगितामा प्रतियोगिहरुले म्याग्दे गाँउपालिकाले रैथाने वालीमा गर्नुपरेका र गरेका कामका वारेमाा गीतमार्फत प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी मायादेवी रानाले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज मार्फत पालिकालाई समृद्ध वनाउन गीतमार्फत दिएको सकारात्मक सन्देश अति नै अनुकरणीय रहेको वताए ।

यसैगरि कार्यक्रमका विशिष्ट अतिथी एवं म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले हिन्दु नारीहरुको तीज विशेष कार्यक्रमले संस्कृति जगेर्ना र आफनो व्यथा पोख्ने थलो भएको वताए । पालिका सधै महिलाको साथमा रहेको हुदाँ महिलामैत्री पालिकाले मात्र समृद्ध म्याग्दे वन्ने वताए ।


यसैगरि तीज गीत प्रतियोगितामा भीमसेन टोल आमा समुह द्धित्तिय, गुणादी वराही दिदी वहिनी समुह तृतीय र मीन मावि विद्याथी समुहले सान्त्वना पुरस्कार हात पारेका थिए । प्रथम हुनेले १६ हजार, दोश्रो हुनेलाई १३ हजार ३ सय चौतिस, तृतीय हुनेलाई ९ हजार ३ सय चौतिस र सान्त्वनालाई ४ हजार ६ सय सडसठी रुपैया सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
पालिका स्तरीय कार्यक्रममा करिव ६५० जना महिलाहरुको उपस्थिती रहेको थियो । शीला वद्रिका घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा सदस्य सुनिता नेपालीले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.