मत अभिमतको द्धन्द्ध पनि विस्तारै मत्थर हुदै गएको छ । लाग्दो छ, आशाहरुको वेग घट्दै गईरहेको छ । शुन्यताभित्रको नविनता घुलित भएर आकार ग्रहणको चरणमा छ । पलका हिसाव कितावमा ग्राफ ओरोलो लागेको अनुभुति भईरहेको छ । आत्मानुभुतिको यो चरणमा घाउ वल्झिदाको पीडाले जीवन थप निरर्थक वनेको छ ।
निख्खरतामा दाख खोज्ने प्रयत्नमा जीवन खोज्ने अभिलाषाहरु जागृत भएका छन् । लाग्दो हो, यहि अनुभुति सायद समयको त्यो तेजिलो पलमा अनुभुति भएजति जीवनमा यतिधेरै यहि समयमा नैराश्यताको सामना गर्नुपर्ने थिएन । आभास हुन, भोग्नु र कल्पना गर्नुको विचमा धेरै असमानता रहेछ । वुझने प्रयत्नको ढक्कन खोलिदिदाँ त्यहाँ भित्र अन्य थप वातावरणीय प्रभाव पर्ने कुरामा नजरअन्दाज गर्दा जीवन वोझिलो लाग्नु स्वभाविकै रहेछ । जसको अनुभुति उमेर र भोगाईसँगै सामिप्यता हुदोरहेछ ।
असिमित चाहनाको उत्प्रेरक को ? समाज, महत्वकांक्षा वा व्यक्तिको सोच ? यहि भित्र रुमल्लिएको जीवन दर्शनको पर्याय रहेछ । जहाँ असिमित आत्माहरु भड्किईरहेका छन् । त्यहि असिमितता भित्र आफनो उपस्थिती जनाउन तछाड मछाड गरिरहेको वेग्रल्ती आत्माहरु लालयित वनेको सन्र्दभमा थप कुनै आत्मा त्यसको पर्याय वन्न खोज्नु असमान्य हैन । पर्याय भित्रको पृथकतामा जीवन ढाल्ने प्रयास स्वरुप वनेको यो आत्मामा थप नैराश्यता पैदा हुनु जीवन दोषको एउटा भाग मात्र हो । जुन भागहरु विभिन्न कालखण्डमा विभिन्न तवरवाट मंचन भईसकेका छन् । यो अविरल रहनेछ ।
जीवनको दर्शनमा देखिने अर्को खतरनाक पक्ष भनेको अल्पवुझाई पनि रहेछ । जहाँ हरेकता यसको शिकार वनिरहेका छन् । अल्पज्ञान भयंकरम् । यो आफैमा समान्य लागेता भने यसको क्षेत्राधिकारले समग्र जीवन नै घुमिरहन्छ । पलको निरर्थकताले गिज्याउदै गर्दा तादात्म्यता मिलाउने प्रयत्न सधै प्रयत्नमा नै रहिदियो । अन्धकारको पनि मात्रा असन्तुलित हुन्छ क्यारे, हिजोको अन्धकार र आजको अन्धकारमा मात्रात्मक फरकपनको अनुभुति भईरहेको छ । फुलेको दारी र केशले पनि जीवनको परिवर्तनको आभासमा सहजता थपेको छ । विचार र आफैमा स्वलम्वी विश्वासले मुर्त रुप नलिदाँ सम्म जीवन सधै कर्कलोको पानी जस्तै अस्थिर हुने रहेछ । सधै ढलपल ढलपलमा गुज्रिएको जीवनको अर्थमा पनि ढलपलिएको आभास हुने रहेछ ।
लाग्दछ, स्वार्थता र अनुकुलताको म पर्याय हुँ । जव प्रतिकुलता हुन्छु, तव जीवनको अर्थ खोज्दछु, जव अनुकुलतामा समय वितिरहन्छ, मलाई जीवनको अर्थको आत्मानुभुति नै हुदैन । यहि रहेछ, स्वार्थको प्रतिक । जुन म मा सवैभन्दा वेसी छ । यसैमा मलाई चर्को गर्व छ ।
गतिको मापनमा सदैव समान हुने रहेछ, फरक भनेको यसको विविधता लाग्दछ, स्वार्थता र अनुकुलताको म पर्याय हुँ । जव प्रतिकुलता हुन्छु, तव जीवनको अर्थ खोज्दछु, जव अनुकुलतामा समय वितिरहन्छ, मलाई जीवनको अर्थको आत्मानुभुति नै हुदैन । यहि रहेछ, स्वार्थको प्रतिक । जुन म मा सवैभन्दा वेसी छ । यसैमा मलाई चर्को गर्व छ ।मात्र रहेछ । यसको आयाम वुझन नसक्ने मस्तिष्क चेतनाको मात्राले निर्धारण गर्ने रहेछ । लोलाएको नयनमा पनि चम्किलो आशा, त्यो आशा फगत जीवनपयोगी भन्दा पनि क्रुरतातर्फ अग्रसर वनिदिदा जीवनका उत्तराद्र्धमा असन्तुष्टि र वेचैनीको कारक वन्दो रहेछ । भएको र हुने भनेको सारमा यहि रहेछ । आत्माको हुँकार पनि कस्तो कस्तो ? सवैलाई अल्पज्ञानको गहिरो छाप, त्यहि छापलाई जीवनभर वोकेर हिडिरहने दृश्साहस पनि कम्ता गाह्रो नहोला, त्यहि दुश्साहसको मर्महाटमा छटपटिनुको विकल्प नहुने रहेछ । ऐनाको समिपमा पुगेर सौन्र्दयता खोज्नेहरुको भीडमा ऐनाको प्रतिविम्वमा आत्मा हेर्ने नयनहरु किञ्चित जन्मेनन । जीवन र समाज पढ्ने, जीवनको आत्मा वुझने प्रयास कसैले गरेनन् । मायाको यो सागरमा निश्वार्थ माया गर्नेहरुले जव स्वार्थमा जीवनको सफलता ठाने, तव मानवता हराउँदै गयो । समिपमा आएर मायाको अनुभति खोज्नेहरु स्वार्थको जंजाललाई नै सर्वोपरि देख्न थाले ।
नदिको किनारामा जीवन खोज्नेहरुको नयनमा आशक्ति प्रस्टै झल्कियो । कल्पना पनि कस्ता कस्ता ? आशामा जीवन खोज्नेहरुको दैनिक दिनचर्या नदिमा जीवन विताउनेहरुको निश्चलतामा झल्कियो । जसको सपना नदिको समिपमा थियो । चाहना र आवश्यकता त्यहि नदिवाट पुरा गर्ने गहिरो आत्माविश्वासमा थियो ।
आवश्यकताको पनि मात्रा फरक फरक हुने रहेछ । दुई छाक टार्ने कसैको मुख्य आवश्यकता वनेको सन्र्दभमा निष्पट एकाग्रताले निर्ममताको मतियारहरु यहि धर्तिमा विराजमान वनिरहेका छन् । हिजोको घडि पलामा पनि यति धेरै असमानता । लाग्दछ, स्वार्थता र अनुकुलताको म पर्याय हुँ । जव प्रतिकुलता हुन्छु, तव जीवनको अर्थ खोज्दछु, जव अनुकुलतामा समय वितिरहन्छ, मलाई जीवनको अर्थको आत्मानुभुति नै हुदैन । यहि रहेछ, स्वार्थको प्रतिक । जुन म मा सवैभन्दा वेसी छ । यसैमा मलाई चर्को गर्व छ ।
आवश्यकता भन्दा वढी महत्वकांक्षाको वेलगाम दौडले किचेर थचक्क धर्तिमा रन्थनिएर भाग्यलाई दोष दिएर आत्मरतिमा रमाउनु नै जीवनको महत्वपुर्ण अंश वनेको छ । विगतको घटनाक्रम वाट सच्चिएर अगाडी वढ्ने र वढाउने ल्याकता अव छैन । आफैमा अल्पज्ञानको छापले परेको विस्मृर्तिहरु अव वाकी जीवनका सहयात्री वन्ने कुरामा कुनै शंका छैन । फरक यति हो कि हिजो असिमित महत्वकांक्षाहरु जीवनका सहयात्री थिए भने आज त्यहि पलहरु सहयात्री वनेका छन् । आखिर जीवनका पलहरुमा सहयात्रीहरु विभिन्न परिभाषामा परिभाषित भएर समिपमा रहिरहने रहेछन् ।
हिजो शितलता लाग्ने पलहरु आज विझाईरहेका छन् । हिजोका मिठास पलहरु जीवनभर रुवाउने अवशेष वनेका छन् । जीवन भोगाई आफैमा समयका दृश्चक्र हुन् । जसवाट सवै गुज्रनुको विकल्प छैन । म त्यही विकल्पका अनुसरण गर्न अभ्यस्त वनिरहेको छु ।








