मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृतको बिदाइ

मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृतको बिदाइ गरिएको छ । कार्यालयका कर्मचारीहरुद्वारा आयोजित एक कार्यक्रममा प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेललाई बिदाइ गरेका हुन् । पौडेलल मालपोत कार्यालय कास्कीमा सरुवा भइ जान लागेका हुन् । कार्यक्रममा मालपोत अधिकृत खेमबहादुर खत्री, नासुु टिकाराम शर्मा घोरासाइने कर्मचारीहरु लगायतले नेपाली ढाका टोपी, अबिर, खादा सहित बिदाइ गरेका थिए ।

बिदाइ भई गएका प्रमुख मालपोत अधिकृत पौडेलले कर्यालयमा रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताए । उनले भने कर्मचारी आफूले गर्ने काम सँधै चनाखो भएर गर्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत अधिकृत खेमबहादुर खत्रीले कार्यालयको भौतिक पक्षमा व्यापक परिवर्तन गरेको बताउदै प्रमुख मालपोत अधिकृतको योगदान भूुल्नै नसकिने बताए ।

बिदाइ कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, कार्यालय सहायोगीहरु ल्गायतको उपस्थिति रहेको थियो । बिदाइ हुने पौडेललाइ मायाको चिनो उपहार पनि प्रदान गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.