गोरखकाली आवासीय माविको”GKBS FOOD FEST- 2080″ शुरु भएको छ । मायाले वनाएको व्यन्जन, मनलाई दिन्छ स्वादिष्ट भोजन भन्ने अभियानका साथ शुरु भएको फुड फेस्टिवलमा विद्यार्थीहरुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा वनाएका थिए । टिम वर्कवाट शुरु गरिएको फुड फेस्टिवलमा विद्यार्थीहरुले वनाएका खानेकुरा अभिभावकले खरिद गरेका थिए ।

स्कुलमा अध्यन गर्ने विद्यार्थीहरुलाई टोलीमा कसरी काम गर्न सकिन्छ ? राम्रो र मिठो खाना कसरी तयार गर्ने, उत्पादन गरिएको समानको लागत, वजारीकरण, लगानी, नाफा र नोक्सान कसरी गणना गर्ने भनि सिकाउन फुड फेस्टिवलको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वीना कैनीले वताईन । यसले विद्यार्थीको चौतर्फी चेतनामा समेत विकास गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुले फेस्टिवलमा आफुले वनाईएको परिकारहरु स्टलमा राखेर अभिभावकहरुलाई किन्न उत्प्रेरित गरिरहेका थिए । आफुले वनाईको खाना, मिठो, स्वादिलो भएको वताउदै यसले विद्यार्थीको क्षमताको विकास गर्ने प्रधानाध्यापक कैनीले वताईन ।

विद्यार्थीहरुले मेलामा सेलरोटी वनाउने, मम, चाउमिन, चटपट, पानीपुरी,पकौडा, केक, मासु चिउरा, चिया, कफी, समोसा, फुट सलाद, कर्नडयाग लगायत विभिन्न परिकार वनाएका थिए । त्यसैगरि फेस्टिवलमा समान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको थियो ।

विद्यालयको यो कार्यले विद्यार्थीको क्षमता अभिवृद्धिमा टेवा पुगेको अभिभावक प्रेम रानाभाटले वताए । शिक्षा सँगै विद्यार्थीलाई उत्पादन र परिकार निर्माण, यसको वजारीकरण, मुल्य, नाफा र नोक्सानको सिकाईले वास्तविक जीवनमा जिम्मेवार वन्न टेवा पुग्ने अभिभावक रानाभाटले वताए ।.






































