बैशाख
पौडेल वंश महासंघ नेपाल तनहुँ व्यास नगर अध्यक्षमा ईश्वर पौडेल निर्वाचित भएका छन् । शनिवार दमौलीमा भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो । नगर समिति उपाध्यक्षमा तारापति पौडेल, सचिवमा रामदत्त पौडेल, कोषाध्यक्षमा पुजा पौडेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा नविनराज पौडेल, यज्ञप्रसाद पौडेल, भरत प्रसाद पौडेल, नवराज पौडेल, झलकराज पौडेल, ज्ञान शंकर पौडेल, रामविलास पौडेल, भवानी प्रसाद पौडेल, ध्रुवकान्त पौडेल र कृष्णबहादुर पौडेल सर्वसम्मत रूपमा चयन भएको निर्वाचन संयोजक नारायणदत्त पौडेलले जानकारी दिए ।

अधिवेशनको पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष रामजी पौडेलले उद्घाटन उद्घाटन गर्दै गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकका ९ जिल्लामा पौडेल वंश महासंघको जिल्ला समिति गठन गरिएको जानकारी दिए । तनहुँको दशवटा स्थानीय तहमध्ये व्यास नगरपालिकामा कार्यसमिति गठन भइसकेको र अन्य ९ वटा पालिकामा े जेठभित्र अधिवशेन गर्नुपर्ने बताए । समयक्रमसंगै संस्कार संस्कृतिलाई समेत जर्गेन ागर्न आवश्यक रहेको उनको भनाई थियो । पौडेल वंश भित्रको पूजा पद्धतीलाई एकरुपता दिन आवश्यक रहेको जानकारी दिए ।
राजनीतिक एवं सामाजिक व्यक्तित्व रघुनाथ पौडेलले नयाँ पुस्तालाई पौडेल वंशको वारेमा जानकारी दिन आवश्क रहेको बताए । पछिल्ला पुस्तालाई आफ्ना संस्कार संस्कृतिको समेत जानकारी नभएको बताउदै पौडेलले उनिहरुलाई त्यसबारेमा जानकारी दिन आवश्यक रहेको बताए ।
पौडेल वंश महासंघ नेपाल तनहुँका अध्यक्ष चन्द प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेश महासचिव धनन्जय पौडेलले पौडेल वंश महासंघलाई सामाजिक कार्यमा जोड्नुपर्ने बताए । परोपकारी काममा जोडेर अगाडी बढ्न आवश्यक रहेको उनको भनाई थियो । वैद्धिक पुरोहित समाजका अध्यक्ष तुलशीराम पौडेलले स्वस्तिवाचन गर्दै कुल परम्परा जोगाउन आवश्यक रहेको बताए । कार्यक्रममा सत्यवती माध्यमिक विद्यालयका निवर्तमान प्रधानध्यापक इन्द्रप्रसाद पौडेल, नगर सदस्य शिवशंकर पौडेल लगायतले भनाई राखेकोे कार्यक्रममा स्वागत पौडेल वंशमहासंघ गण्डकी प्रदेश सदस्य पवित्रा देवी पौडेलले गरेको कार्यक्रमको सहजीकरण व्यास नगर सचिव रामदत्त पौडेलले गरेका थिए ।








