जलचर तथा जलिय जैविक विविधता सम्वन्धी अन्तरक्रिया


युएसआईडी वायोडाईभर्सिटीको आयोजनामा जलचर तथा जलिय जैविक विविधता सम्वन्धी अन्तरक्रिया कायत्र्रmम व्यास नगरपालिका वडा नं ५ को वडा कार्यलयमा सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नं ५ को वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमा युमएसआईडी वायोडाईभर्सिटीको प्राविधिक निर्देशक नारायण वेलवासेले कार्यक्रमको वारेमा धारणा राखेका थिए ।
कार्यक्रममा जलिय जैविक संरक्षण कसरी गर्न सकिन्छ भन्नेमा छलफल भएको थियो । वातावरणीय प्रभावका कारण जलिय जरचर हस हुदै आएको सन्दरभमा यसलाई आम समुदाय मिलेर यसको संरक्षण तथा प्रर्वद्धन गर्नुपर्नेमा सहभागीहरुले धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी वेलवासेले जलिय जलचर संरक्षण गर्न टोल र समुदायमा जानुको विकल्प नभएको वताए ।


कार्यक्रमका अध्यक्ष वडा नं ५ को वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले स्थानिय तहले जल, जंगल तथा जलिय प्राणीको संरक्षणका लागी वडाले भुमिका खेलिरहेको वताए । सिगो समुदायको सहयोगले मात्र जलिय संरक्षण गर्न सकिने हुदाँ त्यसमा आम समुदाय नै लाग्नुपर्ने वताए ।.
वडा नं ५ को विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको सो कार्यक्रमको सहजीकरण संस्थाको सिनियर जेसी सुनिल चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन वडा सचिव बिश्वनाथ पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.