गणतन्त्र दिवसको अवसरमा शहिद गाउँ पुलिमराङमा खुला कविता प्रतियोगिता एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको अवसरमा शहिद गाउँ पुलिमराङमा खुला कविता प्रतियोगिता एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । खुला कविता प्रतियोगितामा व्यास ४ की नारायणी अधिकारी प्रथम भएकी छ । व्यास नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा मंगलवार शहिद स्मारक पुलिमराङमा भएको कविता प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी प्रथम भएकी हुन् । प्रतियोगितामा भरतपुर महानगरपालिकाकी प्रशंसा पराजुली दित्तिय, मध्यनेपाल नगरपालिका २ की पुर्णिमा पाण्डे तृतिय भइन् । त्यस्तै व्यास ८ का कृष्ण चन्द्र मिश्र र शान्ता पौडेलले सान्त्वना बन्न सफल भए । प्रतियोगितामा प्रथम, दित्तिय तृतिय र क्रमश १० हजार, ७ हजार ५ हजार र सान्त्वाना दुई जनालाई तीन तीन हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

यसैबिच व्यास ८ का वडाध्यक्ष युवराज गुरुङ र माया कोन्मे तमुद्धारा लिखित पुलिमराङको अलिखित इतिहास पुस्तक विमोचन गरिएको हो । पुस्तकको संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले बिमोचन गरे । पुस्तक विमोचन गर्दै उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुलिमराङको इतिहास निकै महत्वपूर्ण रहेको बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुलिमराङका इतिहास निकै महत्वपूर्ण भएको बताए । यस क्षेत्रको विकासमा तीन तहका सरकार लाग्नुपर्ने बताए । व्यास ८ का वडाध्यक्ष युवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका पूर्व प्रवक्ता गलबहादुर गुरुड, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियार, व्यास ४ का वडा सदस्य सरोज भण्डारी लगायतले पुरिमराङको इतिहास महत्वपूर्ण भएको बताएका थिए । व्यास ८ की वडा सदस्य विष्णुमाया रानाले स्वागत गरेको कार्यक्रममा वडा सदस्य रामप्रसाद मिश्रले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण व्यास ८ का वडा सचिव गोविन्द मिश्रले गरेका थिए ।

निरकुंश जहानिया राणाशासन अन्त्य गर्न र निर्दलिय पंचायत विरुद्धको आन्दोलनमा तनहुँ पुलिमराङको ६ जना सपुतहरुले आफ्नो ज्यानको बलिदान दिएका थिए । २००७ सालमा बन्दीपुर आक्रमणको नेतृत्वमा धर्मध्वज गुरुङ र २०१८ सालको भरतपुर आक्रमणको नेतृत्व लिएका लालध्वज गुरुङ लगायत हस्तविर गुरुङ , सर्वसिंह गुरुङ, शमशेर गुरुङ र भारत गुरुङ गरि ६ जनाले देशको प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाउनु परेको थियो । पुलिमराङका यिनै अलिखित ईतिहास, घटनाका साक्षीहरुको अनुभवहरु, राज्यले जनतामाथी गरेको क्रुर, अन्याय, अत्याचार, धरकपड ईत्यादिलाई समेटेर यो पुस्तक केन्द्रित रहेको पुस्तकका लेखक एवं व्यास ८ का वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.