म्याग्दे गाँउपालिका वडा नं १, वाख्रे निवासी एपेन्डिक्सका विरामी सलिना गुरुङ्गको उपचारार्थ सहयोग जुटाउने हेतुले असार १५ को अवसर पारेर दही चिउरा खुवाउने कार्यक्रम गरिएको छ । सामाजिक अभियन्ता महम्मद गफफार (सुदिप) को नेतृत्वमा एपेन्डिक्सका विरामी सलिनाको उपचारका लागी सहयोग जुटाउन दहि खुवाउने कार्यक्रम गरिएको हो ।

आर्थिक अभावका कारण उपचार गराउन नसकी घरमा नै वसिरहेका सलिनाको उपचारका लागी विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गर्दे आईरहेका छन् ।
दहि चिउरा खुवाउने कार्यक्रमवाट उठेको रकम पिडित सलिनाको उपचारमा खर्च गर्ने अभियन्ता सुदिपले वताए ।
म बदलिए मेरो देश वदलिन्छ भन्ने आशयका साथ विभिन्न सामाजिक सेवामा सक्रिय सुदिप यस अघि पनि वुल्दि खोला, चुँदी खोला सरसफाईको नेतृत्व गरिसकेका छन् ।

हाल राष्ट्रिय परिचयपत्र वनाउने वृद्धवृद्धालाई निशुल्क खाना खुवाउँदै आएका सुदिपले मानविय सेवा नै जीवनको धर्म भएको वताए ।








