जि.पी. कोइराला अस्पताल ३०० सिटको बनाउने स्वास्थ्यमन्त्री पौडेलको भनाई


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले जी पि कोईराला अस्पताललाई ३०० सिटको वनाउन क्याविनेटमा लाने वताएका छन । नेपाली काग्रेस तनहुँले आयोजना गरेको वधाई कार्यक्रममा मन्त्री पौडेलले सो कुरा वताएका हुन् ।
नेपाली काङ्ग्रेस पार्टी र एमाले दुबै मिलेर सरकारमा गएको हुनाले जनतामा भएको निराशा चिरेर नयाँ आशाको किरण ल्याउनुपर्ने, बिसङ्ती र वेथिती विरुद्द आवाज उठाउदै मुलुकको समग्र विकासको निम्ति नयाँ योजना ल्याउने, ओरालो लागेको आर्थिक अवस्थालाई यूर्टन मारेर उकालो लगाउन पर्ने मन्त्री पौडेलको भनाई थियो ।


स्वास्थ्य तथा जनसङ्या मन्त्रालय पद्दतिगत रुपमा चल्न नसक्नु चुनौतीको विषय बताए । आम जनताको चासोको विषय विमा रहेको तर व्यबस्थीत नभएको उनको दावी थियो । यसका लागी विमाको दायरा फराकिलो बनाउन पर्नेछ । गतबर्ष ४८ लाख विमा नविकरण भएको र ३८ लाखले सुविधा पाएको साथै विमा व्यवस्थित भएमा संबैधानिक जिम्मेवारी पूरा हुने कुुरा बताए ।
स्वास्थ्य क्षेत्रलाई उपकरणयुक्त , पूर्वाधारयूक्त र दक्ष जनशक्तियूक्त बनाउन सकेमा नेपाललाई उपचारको हब बनाउन सकिने समेत सो अवसरमा वताए । औषधको मूल्य निर्धारण गर्ने, दीर्घ रोगीलाई औषधीको मूल्य घटाउने साथै जि.पी. कोइराला अस्पताल ३०० सिट र दमौली अस्पतालमा ५० वेडको बनाउने समेत मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै

नेल्टा तनहुँको छैठौं साधारण सभा एवं अन्तराष्ट्रिय सम्मेलनका अनुभवहरु आदानप्रदान सम्पन्न

वरिष्ठ गजलकार तथा गायक श्री प्रदिप रोदन र राज सिग्देलले लायन्स गजल साँझमा प्रस्तृति दिने

पशुपति शर्मा र प्रीति आलेले झुमाए दर्शक

नेपाल उत्पीडित जातिय मुक्ति समाज व्यास नगर समितीको दोश्रो अधिवेशन माघ ४ मा

व्यास नगरपालिकाले फाल्गुण ७ गते साँस्कृतिक महोत्सव गर्ने

केपी ओली र एमाले विरुद्ध देशी बिदेशी शक्ति लागेका छन् – ईन्चार्ज किरण गुरुङ।

स्थिर र शुसासनका लागी गठवन्धनको सरकार – केदार सिग्देल, केन्द्रिय सदस्य, नेकपा (एमाले)

दभुङ्ग चण्डी देवी बहुउद्येश्यीय सहकारीको तेश्रो साधारणसभा सम्पन्न ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.