नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य केदार सिग्देलले संविधान संशोधनका लागी संसदको सवैभन्दा ठुलो दलहरु गठवन्धन गरिएको वताएका छन् । समानुपातिकको संरचना प्रतिनिधीसभा र प्रदेशसभामा धेरै भएको हुदाँ त्यसले आम जनतामा पनि व्यवस्थाप्रति नै नकारात्मक धारणा पैदा भएको हुदाँ त्यसको संशोधनका लागी पनि गठवन्धन गरिएको वताए ।
संविधानमा भएको कमी कमजोरीलाई संशोधन गर्नका लागी काग्रेस र एमाले मिल्नुको विकल्प छैन । जनताको आवश्यकता अनुसारको प्रस्ताव संसदमा लैजाने तर त्यो संसदवाट पारित हुन नसके जनताको माझ नाङ्किने छन् । एमाले र काग्रेस नमिले संसदमा दुई तिहाई नपुग्ने हुदाँ अहिलेको गठवन्धन वनेको वताए ।
एमाले र काग्रेस भनेको विपरित धुव्रका पार्टी हुन् । यिनीहरुको प्रतिष्पर्धा सधै हुन्छ, तर अहिले संविधान संशोधन गर्नुपर्ने ठाँउमा हामी छौ । जनतामा देखिएको आक्रोश संविधान संशोधनले हल गर्दछ । समानुपातिक व्यवस्थाले देशको आर्थिक भार वढेको हुदाँ विकास निर्माणले गति नलिएको समेत केन्द्रिय सदस्य सिग्देलको धारणा रहेको थियो ।
माओवादी तेश्रो पार्टी भएर पनि पहिलो पार्टीको भन्दा वढी अहंकार वढेको सिग्देलले वताए । हामी माओवादीले जे गरे पनि हुन्छ भन्ने व्यवहार नै माओसँगको गठवन्धन टुट्नुको कारण हो । जनमत नहुने अनि अहंकार वढ्दा आम जनताको समस्या समाधान गर्न सकिएन । जसका कारण सँगै जाने वातावरण भने, सिग्देलले भने ।
फरक प्रसंगमा सिग्देलले पार्टीमा काम गर्ने र नगर्नेको मुल्यांकन हुने वताएका छन् । एमालेका कानर्यकर्ताहरु संगठन प्रति प्रतिवद्ध र काममा ईमान्दार हुनुपर्छ । पार्टी जीवनमा धेरै उतारचढाव आउने हुदाँ ईमान्दारिताका साथ पार्टी काम गर्नेको पार्टीमा मुल्यांकन हुने वताए ।
उनले सो कुरा नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँले आयोजना गरेको जनसंगठनको भेलालाई सम्वोधन गर्दे सो कुरा वताएका हुन् । पार्टी अध्यक्ष हरिराज कडेलको अध्यक्षतामा भएको सो भेलामा पार्टी सम्वद्ध २३ वटा जनसंगठनको प्रतिनिधित्व रहेको थियो ।